
बागलुङ महोत्सवमा १ सय ३४ नम्बरको स्टल पर्यटकको रोजाईमा परेको छ । उक्त स्टलमा शारदा ग्रुपको विभिन्न आकर्षक ब्राण्डका मदिराहरू राखिएको धौलागिरी सिद्धि बिनायक स्टोरका प्रोपराईटर तथा धौलागिरी अंचलका डिष्टिव्युटर श्रीजय श्रेष्ठले जानकारी दिए ।
स्टलबाट द हिमालयन रिजर्भ, रोयल रिजर्भ, ओल्ड मंक, ब्ल्याक स्टाल्यिन, सिवास रिगल, एब्सोलुट भोड्का बढि विक्री भएको बागलुङका बजार प्रतिनिधि विजय पोख्रेल बताए । ओल्ड मंक रम नेपाल ईन्डियन कोल्यावेरेशन इन नेपाल लगाएत दर्जन बढि ब्राण्डका मदिरा स्टलमा राखिएको श्रेष्ठले बताए ।
स्टलबाट शारदा गु्रपको घरेलु तथा आकर्षक ब्राण्डका मदिरा खुद्रा विक्रेताहरूलाई जानकारी, व्यवसायी सम्झौता, उपभोक्तालाई सहि जानकारी र प्रचार प्रसार गर्ने मुख्य लक्ष्य रहेको श्रेष्ठले बताए ।