परम्परागत प्रचार अभियान भन्दा बागलुङ महोत्सवमा आइएमइ समुहले आफ्नो स्टलबाट लक्षित वर्ग र नव युवाहरूलाई आफ्नो सेवा, सुविधाको बारेमा आधुनिक सुचना प्रविधि मार्फत जानकारी दिएको आइएमइ इन्टरनेशनल मनि एक्सप्रेस गण्डकी धौलागिरिका प्रमुख किशोर शर्माले बताए ।
स्टलबाट ग्लोवल आइएमइ बैकको बैंकिङ सुविधा, आइएमइ इन्स्योरेन्स, चन्दागिरि केवलकार, आइएमइ मनि ट्रान्सफर, सवारी साधान लगाएत विषयमा महोत्सवमा आउने दर्शक र विक्रेताहरूलाई सुचना र जानकारी उपलब्ध गराईएको ग्लोवल आइएमइ बैकका जनसम्पर्क अधिकारी राजु पौडेलले बताए ।
आइएमइ समुहले हालै मात्र नयाँ सेवाको रूपका अगाडि बढाएको आइएमइ लाइफ र नन लाइफ इन्स्योरेन्सको बारेमा महोत्सवमा आएका दर्शकलाइ लक्षित गरेर तीव्र प्रचार गरेको छ । उपभोक्ताले आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउन वीमाको वारेका गहिरो गरी बुझ्न चाहान्छन हामी त्यहि प्यास मेटाउन र सुरक्षित गुणस्तरीय आइएमइ वीमाको जिज्ञासा उपलब्ध गराएको आइएमइ लाइफ इन्स्योरेन्स बागलुङ शाखाका प्रमुख जमुना आर्चायले बताईन ।













































































































































































































