२५ असार २०८२, बुधबार

 

‘बागलुङमा व्यवसायीक लगानी भित्र्याउने बेला भयो’–ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइ एम इ ग्रुपका अध्यक्ष चन्द्र ढकालले बागलुङ महोत्सवको उद्घाटनमा बोल्दै बागलुङमा लगानी भित्र्याउने समय भएको बताएका छन । आर्थिक विकासको कुरा उद्योग वाणिज्य महासंघले मात्र गर्दै आएको मा अहिले सम्पूर्ण राजनितीक दलहरुले त्यस तर्फ ध्यान केन्द्रीत गरेको र राष्ट्रकै मुख्य एजेण्डा आर्थिक सम्मृद्धि भएको बताए । त्यस्तै उनले आफ्नै क्षेत्रमा कुनै कार्यको थालनी गर्न खोज्नेहरुलाई आफुहरुले सक्दो पहल गर्ने बताए । साथै बागलुमा रेमिट्यान्स बागलुङमा धेरैनै भित्रियपनी त्यसको सहि सदुपयोग हुन नसकेको र अव रेमिट्यान्सलाई व्यवसायिक लगानीको रुपमा भित्र्याउने समय भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung