पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरी मैदान स्थित वालज्योती प्राविमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण गरिएको छ । लायन्स क्लव अफ शिवालयले विद्यालयका ६२ जना विद्यार्थीहरुलाई सोमबार न्यानो कपडा वितरण गरेको हो । भने स्थानीय समाजसेवी लोकप्रसाद लामगादेले स्टेशनरी सामाग्री वितरण गरेका हुन ।
उक्त अवसरमा लायन्स क्लव अफ शिवालयले सुईटर र टोपी विद्यार्थीहरुलाई वितरण गरेको छ । थापाठानाका गंगा क्षेत्रीको पहलमा लायन्सले सामाग्री वितरण गरेको वताइएको छ । दलित समुदायका विद्यार्थीहरु मात्रै अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेपछि विद्यार्थीहरुले राहातको महसुस गरेका छन् । प्रमुख अतिथी फलेवास नगरपालिका–३ का वडाध्यक्ष अर्जुनबहादुर केसी, लायन्स क्लव अफ शिवालयका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र लायन्स क्लवका डिष्ट्रिक एडभाईजर बसन्तकुमार कर्माचार्यले विद्यार्थीहरुलाई कपडा वितरण गरेका हुन ।
उक्त कार्यक्रममा बोल्दै लायन्स कल्वका अध्यक्ष श्रेष्ठ र लायन्स कल्वका डिष्ट्रिक एडभाईजर कर्माचार्यले लायन्सले जिल्लाका विभिन्न क्षेत्रमा रहेका विद्यालयका विद्यार्थीहरुलाई सामाग्री वितरण गर्दै आईरहेको बताए । उनीहरुले जुनसुकै समस्यामा रहेका विद्यार्थी, विभिन्न उपचारको समस्या रहेका व्याक्तिहरुलाई सहयोग गर्ने र अन्य सामाजिक अभियानमा लायन्स समर्पित रहेको बताए ।
वडाध्यक्ष अर्जुनबहादुर केसीले सहयोगदाताहरुलाई यस्तै सामाजिक अभियान सञ्चालन गरिरहन आग्रह गरे । सहयोगदाताहरुलाई विद्यालयले सम्मान गरेको छ । उक्त कार्यक्रममा समाजसेवी लोकप्रसाद लामगादे, लायन्स कल्वका प्रतिनिधी शुसिल क्षेत्री, समाजसेवी हिमलाल विक, कुलबहादुर वि.क लगायतले बोलेका थिए । विद्यालयका प्रधानाध्यापक हरिप्रसाद तिवारीले धन्यवाद मन्तव्य व्यक्त गरेको कार्यक्रम कार्यक्रमको स्वागत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णवबहादुर वि.क र सञ्चालन लायन्स क्लव अफ शिवालयका दित्तिय उपाध्यक्ष डि.आर शर्माले गरेका हुन ।

































































































































































































