४ श्रावण २०८३, सोमबार

 

ढोरपाटनको अगार्निक स्टल सबैको नजरमा

बागलुङ महोत्सवमा राखिएका स्टल मध्ये कहिँ सामान, कतै कुनै संस्थाको प्रचार त कतै खाजाको होटल जस्ता धेरै थरीका सामानहरु बेच्न राखिएको छ । जस मध्ये ३४ र ३५ स्टलमा अलि बेग्लै सामानहरु राखिएको छ । जहाँ न्यु ढोरपाटन अर्गानीक खाद्य तथा फलफुल विक्री केन्द्रको नाम दिएर स्थानीय उत्पादन भएको अर्गानीक सामानहरु राखिएको छ । यस स्टलमा धौलागिरी अंचलका म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङको विभिन्न स्थानहरुमा उत्पादित अर्गानिक खानेकुराहरु राखिएको छ ।

यो सामान निसीखोला गाउँपालिका–१ लेबाङका धनबहादुर पुन र राजेन्द्र घर्तीले अर्गानीक वस्तुहरुको प्रयोगले हुने फाईदाको बारेमा व्यापक प्रचार गरिरहेका छन । सर्वसाधारणहरुले गाउँ घरको लागि कोसेलीको रुपमा सामानहरु लाने गरेका छन ।‘हामीले यस स्टलमा अत्यन्तै स्वास्थ्यलाई फाईदा हुने बुर्तिबाङको फल किबी, भुई स्याउ र आलु, अनदीको चामल, अदुवा, बरंजाको बदाम, ताराखोलाको गुन्द्रुक, कोदोको पिठो, भटमास, फापरको पिठो, जस्ता पौष्टिक खाद्य सामाग्रीहरु सुपथ मूल्यमा विक्री गरेका छौँ’ पुनले भने ।

उक्त स्टल जनप्रतिनिधि, प्रशासक, पत्रकार, व्यवसायी, दिर्घरोगीहरु, स्वास्थ्यकर्मी र युवाहरु आकर्षणको केन्द्र बनेको छ । स्थानीय उत्पादनहरुलाई व्यवसायीकरण गरेर देश विदेशमा निर्यात गर्न सके रोजगारी सिर्जना हुने, आयात प्रतिस्थापन हुने, राज्यले कर पाउने र कृषको जीवनशैलीमा परिवर्तन आउने स्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung