लायन्स क्लव अफ पर्वत कुश्मा सिटीले पर्वतका दुई विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । क्लवले पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा रहेको बालज्योती प्राथमिक विद्यालय र कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा रहेको त्रिभुवन आधारभुत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
लायन्स क्लव अफ कुश्मा सिटीले बालज्योती प्राथमिक विद्यालयलाई ह्वाईट बोर्ड, लगायत शैक्षिक सामग्री वितरण गरेको छ भने, त्रिभुवन आधारभुत विद्यालयलाई कम्पुटर वितरण गरेको लायन्स क्लव अफ पर्वत कुश्मा सिटिका अध्यक्ष रिता भण्डारीले जानकारी दिईन । वि.स २०४७ सालमा स्थापना भएको बालज्योती आधारभुत विद्यालयमा अधिकांश दलित समुदायका विद्यार्थी अध्ययनरत छन् ।
अभिभावकहरुको जिम्मेवारी, शिक्षकहरुको मेहेनत र विद्यार्थीहरुको अनुशासनले उक्त विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालय मानिन्छ । उक्त विद्यालयमा हाल ८२ जना विद्यार्थी अध्ययनरत छन् । त्यस्तै त्रिभुवन आधारभुत विद्यालयमा वि.स २०२२ सालमा स्थापना भएको हो । ८५ जना विद्यार्थी अध्ययनरत रहेको उक्त विद्यालयमा कक्षा कोठाको अभाव र शिक्षक दरवन्दी नहुँदा वर्षेनी समस्या बढ्दैै गएको विद्यालयको भनाई छ ।
दुई विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गदै कार्यक्रमका प्रमुख अतिथी तथा लायन्स क्लव अफ पर्वत कुश्मा सिटीका संस्थापक अध्यक्ष सरस्वती भण्डारीले लायन्स क्लव कुश्मा सिटिले स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गदै आएको जानकारी दिईन । उनले सामुदायिक विद्यालयहरु आर्थिक श्रोत साधनले कमजोर बन्दै गएको बताउँदै राज्यले यस्ता विद्यालय तर्फ ध्यान दिनुपर्ने बताईन ।
आफु पूर्व शिक्षक भएका कारण पनि विद्यालयका समस्या बुझेको बताउँदै भण्डारीले सामुदायिक विद्यालयका आर्थिक भौतिक र शैक्षिक विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिईन ।श्ांकरपोखरीमा भएको कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ पर्वतका अध्यक्ष किशोर सापकोटा, लायन्स क्लव अफ पर्वत कुश्मा सिटीका अध्यक्ष रिता भण्डारी, सचिव सिता कुमारी पौडेल, समाजसेवी हिमलाल सुनार र विद्यालय व्यवस्थापन समितिका सदस्य कुलवहादुर वि.कले गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर वि.कको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक हरिप्रसाद तिवारी र कार्यक्रमको सञ्चालन शिक्षक राजकुमार वि.कले गरेका हुन ।
त्यस्तै ठुलीपोखरीमा भएको कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ पर्वतका अध्यक्ष किशोर सापकोटा, लायन्स क्लव अफ पर्वत कुश्मा सिटीका,सचिव सिता कुमारी पौडेल लगायतले बोल्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीकुमारी सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक दिनेश सुवेदी र कार्यक्रमको सञ्चालन शिक्षक अशोक केसीले गरेका थिए ।

































































































































































































