२९ असार २०८२, आईतवार

 

घुम्टे युवा परिवारको फागु पूर्णिमा विशेष हुने

वि.सं २०४१ सालमा स्थापना भएको घुम्टे युवा परिवार गलकोट नगरपालिका–७ मल्म बागलुङले विशेष बैठक बिहिबार सम्पन्न गरेको छ । गत पौष १७ गते सम्पन्न संस्थाको अधिवेशनबाट निर्वाचित १५ औं कार्य समितिको प्रथम बैठक सम्पन्न भएको हो ।

बैठकले १४ औं कार्य समितिलाई धन्यवाद ज्ञापन गरेको छ । सो अवसरमा संस्थाको वार्षिक कार्य योजना निर्माणसँगै आगामी फाल्गुन १५ गतेदेखि १७ गतेसम्म होली पूर्णिमाको अवसरमा संस्थाको ३३ औं वार्षिकोत्सव तथा होली पूर्णिमा मेला विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित मनाउने निर्णय गरिएको छ ।

यस आर्थिक वर्ष भित्र नेतृत्व विकास सम्बन्धी तालिम, गोष्ठी, विकृति विसङगति न्यूनिकरण, भौतिक पूर्वाधार निर्माण, आर्थिक व्यवस्थापन, भौतिक सामाग्री व्यवस्थापन लगायतका कार्य क्रमश गर्ने निर्णय समेत गरेको छ । बैठकले आगामी फागुनमा हुन लागेको संस्थाको ३३ औं वार्षिकोत्सवमा कृषि मेला प्रदर्शनी, पुरुष भलिबल प्रतियोगिता, सामुहिक लोक नृत्य, पुरुष तथा महिला रस्साकसी सककगै विभिन्न विधामा सम्मान गर्ने निर्णय भएको संस्थाका सचिव सावित्री थापाले जानकारी दिईन।

बैठक घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung