
ताराखोला गाउँपालिका–३ काँक्राखोरको लावाङ–रामपत्री–नेट मोटर बाटो खन्ने कार्य शुक्रबारदेखि सुरु भएको छ । गाउँपालिकाबाट विनियोजित ४ लाख ८० हजारको लागतमा मोटर बाटोको खाल्डाखुल्डी पुर्ने, रकमले भ्याएसम्म मोटर बाटो नेट भन्ने स्थानबाट अझै अगाडि बढाउने मोटर बाटोका अध्यक्ष बलबहादुर घिमिरेले बताए ।
गा्रमिण क्षेत्रमा सडक संजालले जोड्न, स्थानीय स्तरमा उत्पादन भएका वस्तहरुलाई सहज रुपमा बजारसम्म पु¥याउन सहज गराउने र नेटलाई पर्यटकिय गन्तव्यको स्नाथ बनाउने हेतुले मोटर बाटो खन्न सुरु गरिएको बताईएको छ । नेटलाई पर्यटकीय गन्तव्यको रूपमा विकाश गर्न सकियो भने स्थानीयले आर्थिक क्षेत्रमा फढ्को मार्ने सचिव शान्त खत्री मौसमले बताए ।