
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा शनिबार पोखरेबगरमा अपाङ्गता परिचयपत्र वितरणका लागि घुम्ती शिवीर सम्पन्न भएको छ । महिला तथा बालबालिका र जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा दुई दिनसम्म सञ्चालित शिवीरबाट ६९ जनालाई विभिन्न वर्गको अपाङ्गाता परिचयपत्र वितरण गरिएको छ ।
३५ जना महिला र ३४ जना महिलालाई परिचयपत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहालले जानकारी दिए । उनका अनुसार क वर्गका ४ जना, ख वर्गका २५ जना, ग वर्गका १७ जना र घ वर्गका २३ जनालाई परिचयपत्र वितरण गरिएको हो ।
दुर्गम ग्रामिण क्षेत्रका अपाङ्गता भएका नागरिकहरुलाई स्थानीय स्तरमै सहज रुपमा परिचयपत्र प्रदान गरि राज्यले प्रदान गर्ने सेवा सुविधामा पहुँच बढाउने उद्देश्यले शिवीर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए । गाउँपालिकाका ८ वटै वडाका नागरिकले शिवीरबाट सेवा लिएका छन् ।