
डा. गोबिन्द केसीलाई प्रहरीले पक्राउ गरिएको भन्दै ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा विवेकशिल साझा पार्टिका नेता कार्यक्रताले विरोध जनाएका छन् । उनिहरुले प्ले कार्डमा लेखिएको डां गोविन्द केसीलाई रिहाई गर, नालायक सरकार राजिनामा दे, लगाएतका प्ले कार्ड सो गर्दे आफुहरुले विरोध जनाईएको विवेकशिल साझा पार्टिको जिल्ला संयोजक सन्तोष भण्डारीले बताए ।
आधा दर्जन युवाहरुद्धारा बुर्तिबाङमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । त्रिवि शिक्षण अस्पत्तालका प्रा.डा गोविन्द केसी बिरुद्ध परेको अदालतको अपहेलना गरेको भन्दै मुद्धा दर्ता गरिएको थियो । सर्वाच्चको आदेशपछि पक्राउ परेका केसीलाई बिहान ९ बजे अदालत उपस्थित गराईएको थियो ।