२५ असार २०८२, बुधबार

 

म्याग्दीको तीन गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने  

म्याग्दीको तीन वटा गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने जनप्रतिनिधिको निर्णयले औपचारीकता पाएको छ । सरकारले मंगलबार राजपत्रमा सूचना प्रकाशन गरेपछि धौलागिरीको सातमुले घट्टेखोला, रघुगंगाको मौवाफाट र अन्नपूर्ण गाउँपालिकाको स्थाई केन्द्र पोखरेबगरमा कायम गर्ने गाउ सभाको निर्णयले औपचारीकता पाएको हो ।

तत्कालीन राज्य पुनसंरचना आयोगले धौलागिरीको मुना, रघुगंगाको पाखापानी र अन्नपूर्णको घारलाई अस्थाई केन्द्र तोकेको थियो । गाउँपालिकाको स्थाई केन्द्र राख्ने विषयमा गाउ सभामा बहुमतको आधारमा भएको निर्णय अनुसारनै राजपत्रमा सूचना प्रकाशन भएको हो ।

स्थानीय राजनीतिक दल र जनप्रतिनिधिको सहमती अनुसार अन्नपूर्ण गाउँपालिकाको कार्यालय पोखरेबगरमै स्थापना भएको थियो । धौलागिरीको मुना र रघुगंगाको पाखापानीमा कार्यालय स्थापना भएपनि धेरैजसो काम बेनीबाटै हुने गरेको थियो ।

मौवाफाँटमा केन्द्र कायम गर्ने सिफारीस सरकारले अनुमोदन गरेकाले अब केही दिनमा कार्यालय स्थापना गरेर कामकाज सुरु गर्ने रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए ।

अध्यक्ष भण्डारीले बहुसंख्यक जनतालाई पायक पर्ने गरि मौवाफाँट केन्द्र कायम गरिएको र सो केन्द्रसम्म पुग्न केही असहज हुने झिँ र पाखापानी क्षेत्रका नागरिकलाई गाउँपालिकाले विकास निर्माणमा प्राथमिकता दिदै सेवा सुविधा प्रवाहमा समेत सहज हुने गरि सेवा प्रवाह गर्ने बताए ।

उनले गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि झिँ हुँदै पाखापानीसम्मको लागि सडक सञ्जालले जोड्नको लागि तत्काल आवश्यक प्रक्रिया सुरु गर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung