
कला संस्कृतिको संरक्षणमा स्थानिय क्लवहरु सक्रिय हुनु पर्ने ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले बताए । नेपालीले निसिखोला गाँउपालिका–१ हुल्दीमा रहेको खानी बसुन्धारा युवा क्लवले आयोजना गरेको विविध प्रतियोगितात्मक कार्यक्रमको मंगलबार उद्घाटन गर्दै यस्तो बताएका हुन ।
कार्यक्रमको अवसरमा उनले रसानन्द प्राथमिक विद्यालयका लागि व्याक्तिगत रुपमै ५१ हजार रुपैया आर्थिक सहयोग गरेका छन भने सोही विद्यालयमा १ वर्षका लागि दलित कोटामा १ जना शिक्षक आफ्नै व्याक्तिगत लगानीमा राखिदिने प्रतिबद्धधता गरेका छन ।
त्यस्तै विद्यालय भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यलय बाग्लुङमा पहल गर्ने बताए । नगरप्रमुख नेपालीले हुल्दीका बाढी प्रभावितका लागि एकिकृत वस्ती निर्माण गर्न केन्द्रमा पहल गर्ने बताए । यस्तै मिलिजुली आमा समुहका लागि ३ हजार सोरठी नाँच समुहलाई ३ हजार पञ्चेवाजा समुहलाई ३ हजार रसानन्द प्राविमा गठित दिपज्वती वाल क्लवका लागि ३ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन ।
क्लवले आयोजना गरेको कार्यक्रमको मंगलबार उद्घाटनसँगै पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । वार्षिक उत्सवका अवसरमा क्लवले दोहोरी गित, एकल नृत्य, मारुनी नाच, छेलो प्रतियोगिता लगाएतका कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रम क्लवका संस्थापक अध्यक्ष गिरबहादुर मगरको अध्यक्षता ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीको प्रमुख आतिथ्यता, लाल बहादुर सिंजालीको स्वागत मन्तव्य र बालिन्द्र मल्लको सञ्चालनमा सम्पन्न भएको थियो ।