
प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले पार्टी एकता हुनेमा कुनै शंका नभएको बताए । पौडेलले तमानखोला गाँउपालिकाका–४ लाम्मेलामा आयोजना गरेको धन्यवाद कार्यक्रममा बोल्दै यस्तो बताएका हुन । पौडेलले आफुलाई मतदान गरेर विजयी गराएकोमा धन्यवाद दिदै निर्वाचन अघि गरेका प्रतिबद्धता पुरा गरेरै छोड्ने बताए ।
अहिले मतदातालाई धन्यवाद दिन गाँउ आए जस्तै यस पछि पनि जनताका समस्या बुझ्न घर घरमा पुग्ने बताए । यस क्षेत्रको विकासमा आफुले केन्द्रीय स्तरमै पहल गर्ने प्रतिबद्धता जनाएका छन । वर्तमान सरकारले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाई छ ।
त्यस्तै कार्यक्रममा बोल्दै अर्का प्रदेश सांसद टेकबहादुर घर्तीले मतदातालाई धन्यवाद दिदै तमानखोलामा खानेपानी, स्वास्थ्यचौकी, बाटोघाटो निर्माणमा जोड दिने बताए । स्थानीयवासीले आफ्नो क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर चुनाव अघि गरेका बाचा पुरा गर्न सांसदलाई आग्रह गरेका थिए । यस्तै स्थानिय क्लव तथा महिला समुहले विजयी सांसदलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै फुलमाला र अविर लगाएर सम्मान गरेका थिए ।
कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य बलावती शर्मा माओवादी केन्द्र ढोरपाटन नगरपालिकाका अध्यक्ष चन्द्रलाल अर्याल केन्द्रिय सदस्य सूर्य सिर्पाली नेकपा एमाले जिल्ला सदस्य केशर छन्त्याल माओवादी केन्द्रका तमानखोला अध्यक्ष देवबहादुर पुन लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रम वडा नम्बर ४ का अध्यक्ष उदिमबहादुर छन्त्यालको अध्यक्षता प्रतिनिधिसभा सांसद देवेन्द्र पौडेलको प्रमुख आतिथ्यता प्रदेश सांसद टेकबहादुर घर्तीको विशिष्ट आतिथ्यता र धनप्रसाद सिर्पालीको स्वागत र देवेन्द्र छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।