
विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल र बागलुङ क्षेत्र नम्बर २ का संसाद देवेन्द्र पौडेललाई शुक्रबार एक कार्यक्रमका बिच सम्मान गरेको छ ।
सम्मान कार्यक्रम विद्यालय निर्माण समितिका अध्यक्ष लालचन्द्र राजभण्डारीको अध्यक्षता, विद्यालयको प्रअ जगन्नाथ आचार्यको स्वागत र शिक्षक डिल्लीराज गौतमको संचालनमा भएको हो ।
कार्यक्रममा शिक्षक गौतमले विद्यालयको आर्थिक, भौतिक र शैक्षिक अवस्थाको बारेमा जानकारी गराएका थिए । सो कार्यक्रममा समाजसेवी देवबहादुर श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका सदस्य कुलबहादु विश्वकर्मा, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्व अध्यक्ष तथा नयाँ विश्व डटकमका कार्यकारी सम्पादक मुकेशचन्द्र राजभण्डारी लगाएको उपस्थिती रहेको थियो ।