२५ असार २०८२, बुधबार

 

बजार सरसफाइ गर्न वडा अध्यक्षको निर्देशन

हटिया बजार सरसफाइ गर्नका लागि वाड नम्बर ३ ले अगुवाई गर्ने वाड अध्यक्ष बिरजङ भण्डारीले बताए । गलकोट नगरपालिका–३ को हटिया बजारलाई सफा र सुन्दर बजार बनाउनका लागि आफनो नतृत्वमा वडाले भुमिका खेल्ने बताए । हटिया बजारमा जनघनत्व बढ्नु र सवारी साधनको चापले गर्दा दिनानुदिन बजार र गौदीखोला प्रदुषित बन्दै गएको छ ।

वाड अध्यक्ष भण्डारीले कसैले गौदीखोला वा आसपासको ठाँउमा फोहोर फाले निगरानी राख्ने र आवश्यक अनुसारको जरिवाना तथा कारबाहि गर्ने बताए । भण्डारीका अनुसार आफ्नो घर वा पसलबाट निस्कने फोहोर धेरै भई व्यवस्थापन गर्न नसके वडा कार्यलयमा सम्पर्क राख्न समेत आग्रह गरे ।

फोहोर व्यवस्थापन को लागि अब केहि समयपछि उचित ठाउँको व्यवस्था गरिने अध्यक्ष भण्डारीले जानकारी दिए । वडाले अबदेखि प्रत्येक महिनाको २ पटक बजार सरसफाई गर्ने वडा सदस्य झहरबहादुर खत्रीले बताए । गलकोट नगरपालिका–३ हटियाले बजार सरसफाई अभियान सञ्चालन गरेको छ ।

जस अन्तगरत हटिया बजारको लोकतन्त्रचोक, भित्री बजार गौदीखोलासँगै बजार भित्रका प्रत्येक नाली हुदै गणतन्त्रचोकसम्म सरसफाई गरिएको खत्रीले बताए । सरसफाई अभियानमा बजारवासीले हातमा कुचो, डष्टविन लगाएत सरसफाईको सामग्री लिएर बजारमा भएका विभिन्न किसिमका फोहोरहरुलाई कुहिने र नकुहिने छुटाएर नष्ट गरेका छन ।

सरसफाई अभियानमा बजारवासी, वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो । बजारलाई सफा र स्वच्छ बनाउने उदेश्यले बजार सरसफाई गरिएको हो । गौदीखोलामा बजारवासीले फालेको फोहोर पनि विभिन्न ठाँउमा लगेर नष्ट गरिएको छ । यस अघि बजारबाट निस्कने फोहोर खोलामा फाल्दा खोला नै दुषित भएको थियो । आफ्नो घर वा पसलबाट निस्कने फोहोरलाई आफै व्यवस्थापन गर्ने वडाले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung