२५ असार २०८२, बुधबार

 

एक महिनामा दोस्रो पटक मोदी-ओली फोन वार्ता

एक महिनाको अन्तरालमा दोस्रोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी ओलीसँग टेलिफोन कुराकानी गरेका छन्।

नाकाबन्दी ताका प्रधानमन्त्री रहेका ओलीले त्यसबखत र पछि पनि राखेका अडानलाई लिएर उनलाई भारत-प्रतिकूल नेताका रुपमा भारतीय पक्षले चित्रण गरिरहँदा भएको पछिल्ला टेलिफोन कुराकानीलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ।

गत महिना मोदीले ओलीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छुट्टाछुट्टै फोन गरेर कुराकानी गरेका थिए।

‘मोदी-ओली कुराकानी: चर्चा चीनको’

निम्तो

मोदीले यसपटक पनि भावी प्रधानमन्त्रीका रुपमा ओलीलाई भारत भ्रमणको पुन: मौखिक निम्तो दिएको उल्लेख गर्दै एमाले सचिव प्रदीप ज्ञवालीले बीबीसीसँग भने, “नेपालमा कहिलेसम्म सरकार बनिसक्छ भन्ने जिज्ञासा मोदीबाट राखिएको थियो। त्यसमा ओलीले फागुनको मध्यसम्ममा गठन हुनसक्ने मोटामोटी आकलन राख्नुभयो”।

जवाफमा ओलीले मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथ भ्रमणको लागि निम्त्याएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीद्वारा जारी विवरणमा उल्लेख छ।

यसअघि मोदीले सार्क शिखर सम्मेलनको मौका पारेर नेपाल आउँदा उक्त यात्रामा जाने इच्छा व्यक्त गरेको बताइएपनि तत्कालीन नेपाल सरकारले त्यसो नगर्न सुझाव दिएपछि त्यो रोकिएको थियो।

उक्त विषयलाई लिएर नेपालमा राजनीतिक विवाद पनि चर्किएको थियो।

भारतीय पक्षबाट पछिल्लो टेलिफोन कुराकानीबारे केही पनि खुलाइएको छैन।

एमाले अध्यक्षका निकटवर्तीहरुका अनुसार, मोदीले ओलीको स्वास्थ्यअवस्थाबारे पनि चासो राखेका थिए।

वीवीसी नेपालीबाट

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung