ग्लोबल आइएमइ बैंकले बेलायतको एल्डरसर्टमा सम्पर्क कार्यालयको स्थापना गरेको छ । कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले गरेका हुन । नेपालले उद्घाटन गर्दै नेपालमा सञ्चालित बैंक बेलायतमा संचालन हुनु गौरभ को कुरा भएको बताए ।
उद्घाटन कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदीले देश बैंकले हरेक क्षेत्रमा सञ्जाल विस्तार गर्न सफल भएको भन्दै शुभकामना दिए । उक्त बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायतमा सम्पर्क कार्यालय खोलेर नयाँ उपलब्धिले हासिल भएको र नेपालको आर्थिक विकासमा नयाँ तरङ्ग ल्याउने बताए । उनले अरु देशहरुमा पनि यो बैंकको स्थापना गर्ने बताए । 
बेलायतमा काम तथा पढाईको सिलसिलामा गएका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स लगायत नेपालसँगको अन्य बैंकिङ्ग कारोबार गर्न सहज हुने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकले यस अघि अष्ट्रेलियाको सिड्नी तथा भारतको नयाँ दिल्लीमा कार्यालय खोलिसकेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले अन्य देशमा कार्यालय खोल्ने प्रकृया सुरु भइसकेको जानकारी दिए ।













































































































































































































