
बागलुङ क्षेत्र नम्बर २ सांसद चन्द्रबहादुर बुढा सागरले माघे सक्रान्ति पर्वलाई स्थानीयले संरक्षण गरेको भन्दै राज्य तवरबाट पनि संरक्षणलाई ध्यान दिनुपर्ने बताए । माघेसक्रान्ति मेला व्यवस्थापन समिति ताराखोला गाउँपालिका–३ को १३ आँै वार्षिकोत्सव कार्यक्रम माघ १ गतेदेखि सञ्चालन भईरहेको छ ।
बुढाले स्थानीयले जनप्रतिनिधिहरुलाई विकास निर्माणका लागि खबरदारी गनुपर्ने बताए । कार्यक्रममा ताराखोला गाउँपालिका–३ का अध्यक्ष डिलबहादुर बस्नेत, राजनैतिक जनमोर्चाका डम्बर थापा लगाएतले मन्तव्य राखेका थिए । वार्षिक कोत्सवको अवसरमा आयोजना साबिकको वाड स्तरिय पु्रुष भलिबल प्रतियोगितामा संगम युवा क्लब हरिचौर र आयोजक फाईनल प्रवेश गरेका छन ।
वार्षिकोत्सवको अवसरमा धनुषवार्ण, एकलनृत्य लगायतका प्रतियोगिताहरु आयोजना गरिएको छ । कार्यक्रम क्लवका अध्यक्ष निरज पुन बगालेको अध्यक्षता, दिव ज्योति प्राविको प्रध्यानाध्यापक खड्कबहादुर नाउसाको स्वगत मन्तव्य र क्लवका झमबहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा क्लवका सह–सचिव राजकुमार अठारेले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।