२५ असार २०८२, बुधबार

 

पदिय विवादले खानेपानी अयोजना अन्यौलमा

चालु आर्थिक वर्षमा काम शुरु हुनुपर्ने पर्वतको एक खानेपानी आयोजना अन्यौलमा परेको छ । टेण्डर आह्वानको प्रक्रियामा रहेको शंकरपोखरी वृहत खानेपानी आयोजना उपभोक्ता समिति नबन्दा अन्यौलमा परेको हो । करिब सात सय घर धुरीमा खानेपानी सुविधा दिने गरि २४ करोडको लागतमा उक्त आयोजना शुरु गर्ने तयारी थियो ।

नेकपा एमाले र काँग्रेसका बिचमा उपभोक्ता समितिको अध्यक्ष पदमा दाबी परेपछि उपभोक्ता समिति गठन हुन सकेको छैन । नेपाली काँग्रेसका सचिव रहेका शिवप्रसाद तिवारीको अध्यक्षतामा एक समिति गठन भएको छ । उक्त समितिमा नेकपा एमालेको तर्फबाट भीमप्रसाद भुसाल सचिव, माओवादी केन्द्रका विष्णुबहादुर विक उपाध्यक्ष रहेका छन् ।

राप्रपा, जनमोर्चा लगाएत दलका प्रतिनिधि सहित दलित, अपाङगता र महिलाको पनि सहभागिता गराइएको वडा अध्यक्ष अर्जुनबहादुर केसीले जानकारी दिए । तर उक्त समिति आम भेला नगरि बनाइएको भन्दै एमालेका प्रतिनिधि नारायण भुसाल र कमल भुसालले अडान लिएपछि उपभोक्ता समिति बन्न सकेको छैन । उपभोक्ता समिति विवादित बनेपछि खानेपानी आयोजनाको काम अगाडी बढ्न नसकेको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यलयले जनाएको छ ।

स्थानीय उपभोक्ता समिति नबनी टेण्डर आव्हान गर्न नियमतःमिल्दैन । शिवप्रसाद तिवारीको अध्यक्षतामा बनेको समिति आम भेला बाटै निर्माण भएको एक पक्षले दाबी गरेको छ । तर अर्को पक्ष भने आमभेला गरेर समिति गठन गर्न माग गर्दा काम अगाडी बढ्न नसकेको बताईन्छ । गाविस भरिका नागरिकहरुलाई खानेपानीको पहुँच पुराउन आयोजना शुरु हुनलाग्दा यसरी विवाद भएपछि स्थानीयवासीहरु निराश भएका छन् ।

यो विवाद नगरपालिका सम्मपुगेको छ । फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्माले समितिमा विवाद गरेर खानेपानी आयोजना काममा अवरोध नगर्न र विवाद नगर्न निर्देशन दिइसकेका छन् । ‘आम भेला गरेर समिति बनाएको कुरामा विवाद छैन अन्य बेकारका माग राखेर काम रोक्नु हुन्न भन्नेमा हामी अडिग छौँ, मेयर शर्माले भने, ‘सानातिना विवादले काम रोक्न ुहुँदैन भनेर हामीले निर्देश नदिएका छौँ ।’

खानेपानीतथा सरसफाई डिभिजन कार्यालयले विवाद भैरहेका काम शुरु गर्न नसक्ने भएकाले विवाद समाधानगर्न ताकेता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung