६ कार्तिक २०८३, बिहीबार

 

विपन्न दलित विद्यार्थीलाई न्यानो कपडा प्रदान

सिरवारे बालविकास केन्द्रमा अध्ययन गर्ने विपन्न दलित बालबालिकालाई न्यानो कपडा प्रदान गरिएको छ । गलकोट नगरपालिका–७, मल्मको सिरवारे दलित बस्तीमा संचालित बालविकास केन्द्रमा अध्ययनरत विपन्न दलित बालबालिकाहरूलाई जाडो मौसममा लगाउने न्यानो सुइटर, जुत्ता र मोजा नयाँ विश्व डटकमका सम्पादक निर्मलबहादुर श्रेष्ठ र अनलाइनका व्यवस्थापक अर्जुन चोखालले सिरवारे प्राविका प्रअ कल्पना गौतमलाई हस्तान्तरण गरेका छन ।

नयाँ विश्व डटकमले बागलुङ महोत्सवको बेला आफ्नो स्टलबाट सामाजिक उत्तरदायित्व अतर्गत उक्त बालविकास केन्द्रको लागि सहयोग अभियान चलाएको थियो । जुन अभियानबाट १४ हजार संकलन भएको थियो । जनचेतनाको अभाव, गरिबी र सरकारी सेवा लक्षित वर्गमा नपुग्दा उक्त दलित गाउँमा बालविकास संचालन हुन सकेको थिएन ।

जसका कारण बालबालिकाहरू धुलो, माटोमा खेलेर समय कटाउने गरेको सिरवारे बालविकास केन्द्रका अध्यक्ष अथक विकले बताए । संकलित रकमबाट बालविकासलाई चाहिने शैक्षिक सामाग्री, सहजकर्ता खाजा खर्च, शौचालय निर्माण, पि फर्म, बालबालिकालाई न्यानो कपडा दिन लागेको नयाँ विश्व डटकमका कार्यकारी सम्पादक मुकेश राजभण्डारीले जानकारी दिए । बालविकास संचालनमा अ ाए पछि १५ जना बालबालिकाहरु खेल्दै, गाउँदै र रमाउँदै पढ्ने गरेको सिरवारे प्राविका प्रअ कल्पना गौतमले बताईन । 

बालविकास संचालनमा आएता पनि सहजकर्तालाई तालिम, तलब, प्रयाप्त शैक्षिक सामग्री र बालबालिकालाई खाजाको अभाव भएको स्थानीय बुद्धिजीवि तथा पत्रकार थम्मन थापाले बताए । उक्त बालविकास केन्द्रलाई श्रोत व्यक्ति दिनेश पन्तले शैक्षिक सामाग्री, बागलुङ उघोग वाणिज्य संघका सह–कोषाध्यक्ष तथा नयाँ विश्व डटकमका व्यवस्थापक अर्जुन चोखालले खाद्यान्न र बागलुङ कल्याण केन्द्र काठमाडौका दिदी बहिनीहरूले शैक्षिक सामग्री सहयोग गर्ने कार्यक्रम रहेको बालविकास केन्द्रका सदस्य ज्ञानबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung