६ कार्तिक २०८३, बिहीबार

 

अमृत आदर्श माविले ग¥यो शिक्षक सम्मान

अमृत आदर्श आवासीय मावि बागलुङले शिद्यालयमा शिक्षण गर्ने शिक्षक र विद्यालयको गाडी चालकलाई सम्मान गरेको छ । विद्यालयमा लामो समयदेखि शिक्षण गर्दै आएका शिक्षक श्यामप्रसाद पौडेल र शिक्षिका खुमादेवी गौतमलाई विद्यालयले सम्मान गरेको हो ।

उनीहरुले विद्यालयमा लामो समयदेखि शिक्षण गरी, नियमित उपस्थित भएर धेरै विद्यार्थीहरुलाई उत्तिर्ण गराएको, धेरै विद्यार्थी यस विद्यालयमा भित्र्याउन मद्दत गरेको र विद्यालयको रहेका क्षेत्रमा टेवा पुराउँदै आएकोले ती शिक्षकहरुलाई उत्कृष्ट शिक्षकको सम्मान गरेको विद्यालयका प्रअ महेशचन्द्र प्रधानले जानकारी दिए ।

त्यस्तै विद्यालयले विद्यालयको गाडी चालक शेरबहादुर घर्ती मगरलाई पनि सम्मान गरेको छ । उनले लामो समयदेखि विद्यालयको गाडि चलाउदै आएको, विद्यार्थीहरुको राम्रो ख्याल गरेर अभिभावकहरुको मन जित्न सफल भएकोले घर्तीलाई सम्मान गरेको प्रअ प्रधानको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung