३२ असार २०८२, बुधबार

 

बिकासमा गति लिदै रायडाडा

- ‘अल्पकालिन र दीर्घकालिन रणनिती योजना बनाएर विकासको लक्ष्य पुरा गर्छु’– वडा अध्यक्ष गौतम

डाँडापारी भनेर चिनिने बागलुङ नगरपालिकाको वडा नं. ११ (साविक रायडाँडा गाविस) अन्यको तुलनामा पुर्वधार विकास तर्फ पछि परेको वडा हो । कठिन तथा भिरालो भौगालिक अवस्थितीका कारण पूर्वाधार तथा विकास निर्माणमा उल्लेख्य प्रगती हुन नपाएको सो वडामा स्थानिय तहको निर्वाचनपछि कामले गति लिन थालेको छ ।
दुई दशक बढि पत्रकारितामा आवद्ध ज्ञानेन्द्र गौतम गत स्थानिय तहको निर्वाचनमा वानपा ११ बाट अध्यक्ष पदमा निर्वाचित भए पछि सो वडामा अल्पकालिन र दिर्घकालिन विकास रणनिती मार्फत विकासका गतिविधि थालिएको छ । स्थानिय रुपमा शिक्षा, स्वास्थ्य,पूर्वाधार, कृषि, खानेपानी, खेलकुद पर्यटन तथा धर्म संस्कृति लगाएतका क्षेत्रलाई वर्गीकरण र प्राथमिकीकरण गरि योजना निर्माण गरिएको छ । “पहिलो वडा सभाबाट नै यहाँको सवै आवश्यकता पहिचान भै सकेको छ । यसलाई अल्पकालिन र दीर्घकालिन रणनिती मार्फत क्रमस पुरा गर्ने लक्ष्य लिएको छु ।”वडा अध्यक्ष गौतम भन्छन । बाइट……

 

विकासको मेरुदण्ड सडक नै भएका कारण यस वर्षको ठूलो वजेट नगरपालिका मुकामदेखि रायडाँडा सम्म जोडिने मुख्य सडक र अन्य वडा भित्रकासडकको प्राविधिक सर्वे सम्पन्न गरि उपभोक्ता समिति मार्फतनिर्माण कार्य थालिएको अध्यक्ष गौतमले जानकारी दिए । सडक बाहेक स्थानिय गोरेटा वाटा र अन्तर वार्ड स्तरीय पदमार्ग निर्माणका लागि समेत नगरसभा मार्फत योजना निर्माण गरिएको छ ।
यहाँको एकमात्र माध्यमिक तहसम्म पढाईहुने महाविद्याजन माविको भवन २०७२ मा गएको भुकम्पका कारण पूर्ण क्षति ग्रस्त छ । विद्यार्थीहरु चौरमा पढिरहेका अवस्थामा जिल्ला शिक्षा कार्यालय र नगरपालिको सहयोगमा ट्रस निर्माण गरि पठनपाठन गराईएको छ । वडा अध्यक्ष गौतमका अनुसार तत्कालिन समस्या समाधान यसरी गरिए पनि पुर्ननिर्माण प्राधिकरण र अन्य क्षेत्रको स्रोत जुटाई करिव दूई करोड लागतको १५ कोठा भवन निर्माणको लक्ष्य राखिएको छ । यस वडा भीत्र संचालित अन्य विद्यालयको शैक्षिक गुणस्तर र पूर्वाधार विकासको क्षेत्र प्राथमिकतामा रहेको छ । उनका अनुसार अहिले वडा कार्यालय र स्वास्थचौकि भवन निमाणधिन अवस्थामा रहेका छन ।
कृषिमा प्रचुर संभावना रहेका रायडाँडालाई तरकारी र मासुजन्य उत्पादनमा पकेट क्षेत्र बनाउने उद्धेश्य अनुरुप तत्काल बाख्रापालन तथा तरकारीका लागि संभाव्यता अध्यन र प्रयोग थालिएको अध्यक्षको भनाई रहेको छ । यसका लागि आवस्यक उपकरण, विउ विजन, घास, सिचाई तथा मलखादको अनुदान सहयोगका लागि समेत नगरपालिकाको कृषि विकास शाखा संग समन्वय गरिने अध्यक्ष गौतमले जानकारी दिए । स्थानिय उत्पादनमा सवैको रोजाई रहने बाँको सिन्की, मुलाको धजरा लगाएत स्थानिय जंगलमा पाईने जडिवुटी संकलन, प्रशोधन र उत्पादनका लागि विषेश कार्यक्रम बनाउने अध्यक्ष गौतमको योजना छ ।
तीनवटा धातुखानीको संभाव्यता अध्ययन र संचालनका लागि नगरसभा मार्फत सम्वन्धित निकायमा पहल शुरु गरिएको र वर्षौ देखी यहाँ उत्पादन हुने पाटे कम्वल प्रर्वद्धनका लागि दीर्घकालिन लक्ष्य राखिएको छ ।
वडाको खानेपानीको सहज आपुर्तिको लागि विभिन्न स्थानमा मर्मत तथा व्यवस्थापन उपभोक्ता समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung