४ श्रावण २०८३, सोमबार

 

जनयुद्धकी कलाकार यसरी बनिन् प्रदेश सांसद

१२ वर्षपछि प्रचण्डले सम्झिएकि दिपा आफ्नो बच्चा बिरामी भएर धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार गराउदै थिइन् । दिलमाया रोका दिपा विहानको समय, त्यस्तै सभा आठ भएको हुदों हो उनको मोवाईलमा घण्टी बज्यो । उनले मोवाईल हेरीन कुनै परिचित नम्बर त थिएन तै पनि फोन उठाईन । उनले हेलो भन्दा नभन्दै उताबाट आवाज आयो कतै परिचित जस्तो ।

हेलो दिपा जि हो ? यति भन्दानै उनले त्यो आवाज चिनिसकेकि थिईन् । हजुर सर हो म बोल्दैछु । फेरी उताबाट आवाज आयो कसरी चिन्नु भो मलाई ? सर बोलीबाट चिने दिपाले जवाफ दिईन् । अनि फेरी उताबाट हाँस्दै आराम हुनुहुन्छ ? अनि हजुरको नाम सिफारिस भएको संघको लागि कि प्रदेशको लागि ? दिपाले जवाफ दिईन प्रदेशको लागि हो सर । ए सबै डकुमेन्टहरु बुझाईसक्नु भो नि ? हजुर सर सबै जिल्ला पार्टीमा बुभाएकी छु, दिपाले जवाफ दिईन् । अनि उताबाट ल ठिक छ त्यसो भए ढुक्क हुनुस् भन्दै फोन राखियो ।

त्यो फोन र त्यो आवाज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको थियो । १२ वर्ष पछि प्रचण्डले शहीद तथा दलित परिवारकी दिपालाई सम्झे । उनको फोन आउँदा एक छिन् त म पनि अचम्ममा परे भावुक पनि भएछु, दिपाले भनिन् । जतिबेला समानुपातीक तर्फको प्रदेश सभा सदस्यहरुको नामावली आफ्नो जिल्ला पार्टीले निर्णय गरेर केन्द्रमा पठाउने समय थियो । प्रचण्डको फोन आउदा दिलमाया रोका दिपाको नाम जिल्ला पार्टीले दलित महिलाको सुचिबाट १ नम्रमा पठाएको थियो ।

त्यसको एक हप्ता पछि फाईनल नामावली प्रकाशित भएको थियो । भनिन्छ नि १२ वर्षमा त खोला पनि फर्किन्छ भनेर । हो दिपाको जिवनमा पनि त्यस्तै भयो । माओवादीको पछिल्ला गतिविधि हेर्दा नेताहरुले हामीलाई बिर्सिएहोलान् भन्ने लागेको थियो तर सम्झिनु भयो दिपाले सुनाइन् । दलित परिवारकी दिलामाया रोका दिपा अहिले नेकपा माओवादी केन्द्रबाट ४ नम्बर प्रदेश सांसद निर्वाचित भएकि छन् । सानै उमेरमा युद्धमा होमिएकी दिपा प्रतिरोध सांस्कृतिक परिवारमा थिईन् । युद्धमा हिड्दा नै जनमुक्ति सेनाका एक योद्धा चित्रबहादुर घर्तीसँग पे्रममा परिन् र २०५८ मा ती प्रेम जोडीले विवाह गरे ।

२०६१ को दोस्रो खारा आक्रमणमा दिपाका पति घर्तिले सहादत प्राप्त गरे । त्यती बेला घर्ति सहायक बटालियन कमाण्डर थिए । विवाह गरेको केहि वर्षमै खारा लडांईमा दिपाले श्रीमान गुमाईन, दुवै जनाले देखेका मिठा सपना सवै चकनाचुर भए । त्यहि बेला उनीहरुको छोरी जम्मिसकेको थियो । दिपाले श्रीमानलाई गुमाएको पिडा, सानो बच्चा र चर्किरहेको युद्ध त्यसमा पनि पार्टीका ठुला नेताहरु भित्रको विवादले एक खालको निराशा पैदा गरेको थियो । तर गाउँ फर्किने अवस्था पनि थिएन ।

दिपाले श्रीमानको बलिदानलाई खेर जान नदिने प्रण गरि सकेकी थिईन् । २०६२ असोजमा चुनुबाङ बैठक पछि कलाकार टिमले सांस्कृतिक कार्यक्रम गरेका थियो । त्यसलाई अपेरा नाम दिईएको थियो । त्यतिबेला पार्टीका सबै ठुला नेता तथा धेरै कार्यकर्ता एकै ठाउमा थिए । उनीहरुको बिचमा विविध सांगितिक कार्यक्रम देखाईएको थियो । जहाँ शहिद परिवारको भावनालाई समेटेर गाईएको गित, जुन गितमा १४ महिनाको छोरी बोकेर दिपाले अभिनए गरेकि थिईन् ।

त्यो हेर्दा र सुन्दा तत्कालिन माओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता बाबुराम भट्टराई, रामबहादुर थापा बादल लगाएतका केन्द्रीय नेता तथा कार्यकर्ताहरु रोएका थिए । अझ बढि भक्कानिएका थिए प्रचण्ड । शान्तिप्रक्रिया पछि त्यो भिडियो बाहिर आउदाँ सबै रोएको दृष्यले निकै चर्चा पायो । दिपा भन्छिन्, गोली बारुदसँग जुधेर आएका हाम्रा नेता कठोर छन् भन्ने लागेको थियो तर त्यो गीत र मेरो अभिनयले कसरी भावुक बनायो म पनि अचम्म परे । अभिनय गर्दा मेरो १४ महिनाको छोरी पिठ्युमा बोकेको थिए । मलाई त्यो क्षणको जहिले सम्झना आउछ ।

मैले शहीद परिवारको तर्फबाट सन्देश दिने हिसाबले अभिनय गर्दै थिए । अघि बसेका नेताहरु रुनु भयो, त्यहाँ भएका सबै जसो रोएको देख्दा मेरो मन भक्कानिएको थियो तर पनि बल्लतल्ल मेरो नाच सकाए, पछि छोरी समातेर बेस्सरी रोए दिपाले भनिन् । मलाई लाग्छ त्यो दिन देखाईएको सांस्कृतिक कार्यक्रमले भावनात्मक हिसाबले सबै नेतालाई एक ठाउमा ल्याएको थियो, त्यो हामी कलाकार र सिंगो युद्धमा होमिएका सबै योद्धाका लागि ऐतिहासिक दिन थियो उनले भनिन् । हो दिपाको उत्कृष्ट अभिनयले प्रचण्ड लगाएतका सबै नेताहरु रोएको भिडियो अहिले पनि चर्चित छ ।

स्व जनकलाकार खुसीराम पाख्रीनको शब्द संगीत, प्रेमकुमारी रामदामको स्वर र दिलमाया रोका दिपाको मुख्य अभिनय रहेको थियो ।  त्यो गित वास्तबमा दिपाको जिवनमा व्यक्त भएको थियो । म सानै उमेरमा युद्धमा होमिए त्यहाँ मेरो भुमिका कलाकारको थियो । माओवादी शान्ति प्रक्रियामा आईसकेपछि पछिल्लो समय माओवादीलाई युद्धकालिन सहयोद्धा, शहीद, घाइते, वेपत्ता परिवारलाई बिर्सिएको जस्तो लागेको थियो तर १२ वर्ष पछि प्रचण्डले सम्झीदा म खुसी छु । उनको फोन आउंदा पुन म युद्धका घटना मेरो दिमागमा ताजा भएका छन् उनले भनिन् । माओवादी १० वर्षे जनयुद्धमा सबै भन्दा चर्चित रहयो रुकुमको चुनुबाङ । २०६२ सालमा चुनुबाङ बैठक चलिरहेको थियो ।

चुनुबाङ बैठक अघि माओवादी भित्र केहि महत्वपूर्ण घटना भएका थिए । लोकतान्त्रिक गणतन्त्रको विषय पार्टी भित्र उडाउने डा बाबुराम भट्टराईलाई त्यहि कारण कारबाहि गरिएको थियो । पाटी भित्र चरम विवाद सुरु भएको थियो । अर्का नेता दिनानाथ शर्माको राजिनामा मागियो । नेताहरु खुल्लारुपमानै एकले अर्कालाई आरोप प्रत्यारोप गर्थे । अर्का नेता रामबहादुर थापा बादललाई लिन प्याओको आरोप लागेको थियो । पार्टी विभाजन हुने अवस्थासम्म पुगेको थियो । दुवै समुहले छुट्टछुट्टै खाकासम्म तयार पारिसकेका थिए । नेताहरु बिचको यो द्वन्द्धात्मक अवस्थालेसँगै हिडेंका कार्यकर्तामा एक खालको निराशा बढेको थियो ।

२०६२ सालमा रुकुमको चुनुबाङ बैठक लगत्तै भएको सांस्कृतिक कार्यक्रमले अझ नेताहरुलाई नाटकिय रुपमा एक बनाएको थियो । २०४१ सालमा बागलुङको ताराखोला गाउँपालिकाला – २ अर्गलमा जन्मिएकी दिलमाया रोका, सानै उमेरमा माओवादी जनयुद्धमा होमिईन । प्रतिरोध सांस्कृतिक परिवारमा रहेर सांस्कृतिक प्रस्तुति र संगठन विस्तारका लागि नेपालका धेरै जसो जिल्लामा पुगेर आफ्नो भुमिका निर्वाह गरिन् ।

युद्धमैदानमै हुँदा छिमेकीसँग प्रेम विवाह गरेकी दिपाले विवाहको केहि वर्षमै खारा आर्कमणका बेला श्रीमान् गुमाउनु प¥यो । श्रीमान् गुमाएको पिडामा केहि मल्हम लगाउने माध्यम थिईन् एक वर्षको छोरी । १ वर्षकै उमेरमा बाबु गुमाएकि छोरी र श्रीमान्को यादले दिपालाई कमजोर बनाईसकेको थियो । घर फर्किउ भने बस्नको लागि घर थिएन् । २०५९ सालमा दिपाको माईती तर्फको र श्रीमानको घर नेपाली सेनाले बम विस्फोटबाट धोस्त बनाएको थियो । जनतन आफुलाई समालेर माओवादी आन्दोलनमै रहिन् त्यहाँ रहदासँगै यात्रा गर्ने साथी संगीबाट उनलाई पुन विहे गर्न सुझाउँदथे ।

पछि उनले छोरीको भविष्य र सानै उमेरमा एकल जिवन बिताउदा आएका कठिनाईबाट मुक्ति पाउन अन्तत विहे गर्ने निर्यय गरिन् । २०६४ सालमा बागलुङ जिल्लाको मल्म घर भएका सामना सांस्कृतिक परिवारका जनवादी गाएक कर्ण परियार विद्रोहिसँग विवाह गरिन् । जनयुद्धको घोषणा पछि गाउँ गाउँमा जनवादी गित गाउदै युद्धमा होमिएका विद्रोहिले प्रचण्ड पथका धेरै गीत गाएका छन् । २०६२ मा चुनुबाङ बैठक पछि एउटा गीत अपेरा गाएका थिए । शहीद परिवारको भावना समेटेर दिपाले नृत्य गर्दा प्रेमकुमारीसँगै विद्रोहिले पनि गाएका थिए । युद्धभुमिबाट फर्कदा नामको अपेरा गाउदा अध्यक्ष प्रचण्ड, डा. बाबुराम भट्टराई लगाएतका सबै नेता तथा कार्यकर्ता भक्कानिएर रुवाउने गरी गीत गाउने मध्य विद्रोहि पनि थिए ।

पार्टी शान्ति प्रक्रियामा आएपछि विवाह पश्चात विभिन्न आरोह अवरोह पार गर्दे जनतन जिन्दगिको गुजारा गरिरहेका छन् । उनका पहिलाको १ र पछिल्लो २ गरि ३ सन्तान छन् । शान्ति प्रक्रियापछि भने दिपा राजनितिमा पुरै क्रियाशिल रहिनन् । आर्थिक अवस्था र सामाजिक अवस्थाले उनलाई निष्किृय बनाउन बाध्य भयो । प्रचण्डबाट असन्तुष्टि राख्दै छुटिएका वैद्य समुह संगै केहि समय उनको राजनिति पनि त्यतै रह्यो । वैद्यबाट फुटेर पुन रामबहादुर थापा बादलको नेतृत्वको समुह पुन माओवादी पार्टीमै फर्किदा जिल्लाको समिति मार्फत उनी पनि सँगै फर्किएकि हुन् । उनी अहिले माओवादीको केन्द्रिय सदस्य रहेकि छिन् ।

७ कक्षा पढ्दा माओवादी आन्दोलनमा होमिएकि दिपा शान्ति प्रक्रिया पछि १०+२ सम्मको अध्ययन गरेकि छिन् । पछिल्लो समय विगत ४ वर्षदेखि सदरमुकामको चुनुबाङ स्कुलमा पढाउदै आएकि थिईन् । ४ नम्बर प्रदेश सांसदको सपथ खाए लगत्तै उनले जिल्लाको विकास, जनयुद्धका शहिद, घाईते, वेपत्ता परिवारको हितका लागि काम गर्ने बताईन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung