२५ असार २०८२, बुधबार

 

अधिकारी राष्ट्रिय सभामा निर्वाचित

बुधबार भएको राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश नम्बर ४ बाट महिला तर्फ बडिगाड गाउँपालिका–२ सिमलचौरकी शान्तिकुमारी जिसी अधिकारी विजयी भएसँगै पहिलो पटक प्रतिनिधित्व भएको हो । विद्यार्थी समयदेखि नै राजनितिमा लागेकि अधिकारी २०७० को निर्वाचनमा नेकपा एमालेको तर्फबाट संविधान सभाको उम्मेद्वार समेत भएकी थिईन् ।

नेकपा एमाले जिल्ला कमिटि बागलुङको सचिवालय सदस्य रहेकी अधिकारी महिला अधिकारको क्षेत्रमा समेत संलग्न रहेकी थिईन् । त्रिभुवन मावि खर्वाङबाट निवृत्तभएकी अधिकारी, दिदि बहिनी बचत तथा ऋण सहकारी संस्था को अध्यक्ष, अल्पकालिन महिला संजाल खर्बाङको अध्यक्ष, लगाएत दर्जन संस्थाहरुसँग संलग्न रहँदै आएकी थिईन् ।

अधिकारीको विजयीसँगै पश्चिम बागलुङको राष्ट्रिय सभामा प्रतिनिधित्व भएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् । अधिकारीको गृह स्थानमा रहेको नेकपा एमाले वडा संगठन कमिटि बडिगाड गाउँपालिका–२ का अध्यक्ष दिनबहादुर केसीले अधिकारीको प्रतिनिधिले पश्चिम बागलुङकै प्रतिनिधित्व गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung