२५ असार २०८२, बुधबार

 

माता पिताको स्मृतिमा १ लाख बढीको अक्षय कोष स्थापना

बागलुङ बजार घर भै बेलायत बस्दै आएका चन्द्रकुमारी श्रेष्ठ र भरत कुमार श्रेष्ठले गुरु गणेश विष्णु स्मृति पुरस्कार अक्षय कोष स्थापना गरेका छन् । उनीहरुले आफ्नो माता पिताको स्मृतिमा रत्न श्रेष्ठ पुरस्कार संस्थान गुठीको संरक्षकत्वमा रहने गरी अक्षयकोष स्थापना गरेका हुन् । सो पुरस्कार अन्र्तगतको अक्षय कोषको रकम १ लाख ११ हजारको चेक बुधबार एक समारोहका बिच रत्न श्रेष्ठ पुरस्कार गुठीका संस्थापक संरक्षक प्रेम छोटालाई अक्षयकोषकर्ता चन्द्र कुमारी र भरत कुमार श्रेष्ठले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमको अवसरमा श्रेष्ठ दम्पत्तिले नेपाल पत्रकार महासघं बागलुङ शाखाको भवनका भवन निर्माणका लागि ५ हजार ५ सय ५ रुपया सहयोग प्रदान गरेका छन । सो रकम शाखाका अध्यक्ष दिल शिरिषलाई हस्तान्तरण गरेका थिए ।
बागलुङ नगरपालिका–४ कुँडुलेमा स्थित श्री मुक्तिनाथ वेद वृद्धाआश्र पाठशालामा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थी तथा यस क्षेत्रका सिर्जनशिल एवं साहित्य क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरिने भएको छ । कोषबाट २ वर्षको एक पटक पुरस्कार वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

कार्यक्रममा तेजरत्न स्मृति पुरस्कार संस्थानका अध्यक्ष लालचन्द्र राजभण्डारी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीष, राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष रमेशकुमार राजभण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम रत्न श्रेष्ठ पुरस्कार गुठीका संस्थापक संरक्षक प्रेम छोटाको अध्यक्षता, सदस्य देवबहादुर श्रेष्ठको स्वागत र सचिव महेशचन्द्र प्रधानको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung