४ श्रावण २०८३, सोमबार

 

‘महिलाहरुको क्षमता अभिवृद्धिका लागि पहल गर्छु’–अधिकारी

अखिल नेपाल महिला संघ बागलुङले हालै सम्पन्न राष्ट्रिय सभा सदस्यमा निर्वाचित महिला नेतृ शान्ति अधिकारीलाई बिहिबार स्वागत तथा सम्मान गरेको छ । सम्मान कार्यक्रममा बोल्दै प्रमुख अथिति वैकल्पिक केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज मनकुमारी के.सी.ले बागलुङ जिल्लाबाट राष्ट्रिय सभा सदस्य जस्तो पदमा महिला जानु भनेको समग्र महिलाकोको लागि खुसीको कुरा भएको बताईन ।

कार्यक्रममा नव निर्वाचित राष्ट्रिय सभा सदस्य शान्ति अधिकारीले जसरी मलाई समग्र जिल्लाले राष्ट्रिय सभामा पु¥याएको छ त्यसै गरी जिल्लाको हितका लागि आफूले काम गर्ने बताईन । उनले विशेष गरी प्रदेश नम्बर ४ का महिलाहरुको क्षमता अभिवृद्धिका लागि हाफूले पहल गर्ने समेत बताईन् ।

कार्यक्रममा निर्वाचन विभागका केन्द्रिय ममतादेवी शर्मा, प्रदेश कमिटि सदस्य गिता शर्मा, नेकपा एमाले बागलुङका उपाध्यक्ष कृष्ण पाठक, सचिव लालबहादुर थापा, सचिवालय सदस्य अन्जु जि.सी, जनप्रतिनिधिको तर्फबाट लक्ष्मी बोहरा लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम अखिल नेपाल महिला संघकी उपाध्यक्ष यमुना रानाको अध्यक्षता, उपाध्यक्ष सुजता घमालको स्वागत तथा एमाले जिल्ला कमिटि सदस्य गंगा शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung