
बडिगाड गाँउपालिकाका–१० दर्लिङमा स्थानीय कृषकहरुको भेलाले वडा स्तरीय कृषि समुहको गठन गरेको छ । वडा अध्यक्ष विरेन्द्र बुढा र वडा नम्बर ९ र १० का पशु स्वास्थ्य प्राविधिक सन्दिप केसीको विशेष उपस्थितीमा भएको भेलाले आशा थापा गुरुङको अध्यक्षतमा ९ सदस्यीय कृषि समुह गठन गरिएको हो ।
समुहको उपाध्यक्षमा झरना बुढा, सचिवमा नविन विक, कोषाध्यक्ष जितबहादुर बुढा र अन्य सदस्यहरुमा धनबहादुर बुढा, गोमी विक तेल्सिङ बुढा, भिमबहादुर पुन हिमहादुर थापा, रहेका छन् । समुहले यही माघ २७ गतेबाट वडा नम्बर १० को हरेक टोलमा टोल स्तरीय उप–समिति गठन गर्ने छ ।
वडा नम्बर १० मा कृषि क्षेत्रमा विनियोजित १० लाख रुपैयाँबाट वडा अध्यक्ष विरेन्द्र बुढाको मातहतमा रही किसानका लागि घुम्ती कोष सञ्चालन गर्ने पशु स्वास्थ्य प्राविधिक सन्देप केसीले बताए ।