२५ असार २०८२, बुधबार

 

“लागू औषध दुव्र्यसनीले घरपरिवार र समाजलाई नराम्रो असर गर्छ”–काउचा

गलकोट नगरपालिकाका नगर उप–प्रमुख रेनुका काउचाले लागू औषध दुव्र्यसनी विरुद्व युवा क्लवको भुमिका महत्वपूर्ण हुने बताईन । उनले घुम्टे युवा परिवार गलकोट नगरपालिका–७ मल्मले आयोजना गरेको लागू औषध दुव्र्यसनी न्यूनिकरण सम्बन्धि जनचेतना मूलक गोष्ठीको उद्घाटन गर्दै यस्तो बताएकी हुन् । लागू औषध दुव्र्यसनीले घरपरिवार र समाजलाई नराम्रो असर पु¥याउने भन्दै यस तर्फ सबै सचेत हुनुपर्ने काउचाको भनाई छ । क्लवले जनचेतना मूलक क्रियाकलाप आयोजना गर्नु प्रशंसनिय कार्य भएको समेत उल्लेख गरिन् ।

समाजमा हुने विकृति विसङगतिको न्यूनिकरणमा युवाहरु एकजुट हुनु पर्ने समेत बताईन् । त्यसको लागि नगरपालिकाले समेत आफ्नो ठाउँबाट सहयोग गर्ने बताईन् । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य दलबहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए । गोष्ठीमा लागू औषध दुव्र्यसनी के हो ? यसले गर्ने असर, कुन कुन वस्तुलाई लागू औषध भनिन्छ ? कानुनि प्रावधान, दुव्र्यसनीमा मान्छे किन फस्छ ? त्यसबाट छुटकारा कसरी दिलाउने, अभिभावक, समुदाय र विद्यालयको भूमिका के हुन् ? लगायतका विषयमा सहजीकरण गरिएको थियो ।

गोष्ठीको ईलाका प्रहरी कार्यालय गलकोटका निमित्त प्रमुख मनबहादुर विश्वकर्मा र ईमरजेन्सी पोलिक्लिनिक प्रालि हटियाका डाक्टर राजेश पौडेलले सहजीकरण गरेका थिए । गोष्ठीमा जनहित माध्यमिक विद्यालय मल्म, गलकोट ईङलिस सेकेण्डरी स्कुल आगाँखेत र प्रगति आधारभुत विद्यालय सप्ताहघाटका ४५ जना विद्यार्थीको सहभागिता रहेको थियो ।  गोष्ठी ईलाका प्रहरी कार्यालय गलकोट हरिचौर र ईमरजेन्सी पोलिक्लिनिक प्रालि हटियाले सहकार्यमा सञ्चालन गरिएको थियो ।

वि.सं २०४१ सालमा स्थापना भएको क्लवले स्थापनाकालदेखि विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै आईरहेको छ । अभिमुखीकरण गोष्ठी घुम्टे युवा परिवार मल्मका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता र सचिव सावित्री थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung