
बागलुङ जिल्ला संमन्वय समितिका प्रमुख राजेन्द्र ढुङगानाले जिल्लाको आर्थिक सवृद्धिकोलागि व्यवसायीहरुसगं सहकार्य गरेर अगाडि बढ्नु पर्ने वताएका छन । बागलुङ उद्योग बाणिज्य संघको ५४औ साधरण सभामा बोल्दै उनले यस्तो वताएका हुन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ढुङगानाले, ‘देश संघियतामा गइसकेको प्रत्येक स्थानिय तहले अव आफै आर्थिक श्रोत खोज्नु पर्ने भएको छ , यो अवस्थामा व्यवसायीहरुको सहकार्यलाई जोड दिनुपर्ने वताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका मुख्य प्रशासनिक अधिकृत नारायण सापकोटा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङका अध्यक्ष दिल शिरिष, बागलुङ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बषन्तकुमार श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, महिला उद्यमि भगवती केसी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम संस्था अध्यक्ष जयराम भारीको स्वागत तथा अध्यक्षता र संस्थाका महासचिव दयाराम पौडेलको संचालन गरेका थिए ।