
ढोरपाटन नगरपालीकाले गत आर्थिक बर्ष २०७४÷७५ को लागि तय गरेको करको दायरालाई शनीबार बसेको नगर सभाले आबस्यक संसोधन गरेको छ । स्थानीय तहले पहिलो बर्षमानै जनताको ढाड सेक्ने गरी करको दायरा बढि गराएको भन्दै सर्वत्र बिरोध भईराखेको अबस्थामा गत माघ पहिलो साता भएको दोश्रो नगर सभामा जनप्रतिनीधिबाट समेत यस बिषयलाई सम्सोधन गरीनुपर्ने आवाज उठेपछि फाल्गुन ५ गतेका लागि उतm बिषयको मिती सरेको थियो । शनीबार बसेको नगरसभाबाट बिभिन्न शिर्षकमा करको दायरालाई सम्सोधन गरीएको छ ।
जसमा घरदुरी करतर्फ बुर्तिबाङ बजारमा भएका पक्कि घरहरुको बार्षिक कर प्रति तला ३ हजार कायम गरीएकोमा संसोधन संगै दुईतला सम्मको २ हजार पांचसय भएको छ । त्यस्तै त्यसभन्दा बडि प्रतितला ४ सयका दरले बद्ने छ । भने आधा तलाको २ सयका दरले कर लाग्ने छ । बजारक्षेत्रकै कच्चि घरको १ हजार र झुपडिको ५ सय रुपैया निर्धारण गरीएको हो ।
नगरपालीकाको वडा नं १ र २ अन्र्तगत पर्ने सोरबोट, खप्तरीबाङ, तारीखेत, सेरा कुत्थाप्ला, भब्रेटा,सलामकोट, दुले क्षेत्रमा भएका पक्कि घरको १ हजार पांच सय र कच्चि घरको ५ सय तथा झुपडिको १ सय रुपैया कायम गरीएको हो । त्यस्तै नगरपालीकाको अन्य क्षेत्रमा रहेका पक्कि घरहरुको ५ सय र कच्चि घरहरुको १ सय रुपैया कर संसोधन सहित निर्धारण गरीएको हो । त्यस्तै भुमिकर (मालपोत ) तर्फ अब्बल जग्गाको न्युनतम कर १५० थप प्रति रोपनी१५, दोयमको १ सय थप प्रतिरोपनी १०, सिमको ५० थप प्रतिरोपनी ५ र चाहारको २५ थप प्रतिरोपनी ३ रुपैया निर्धाण गरीएको हो ।
नगरपालीका भित्र रहेको बहालमा रहेका घरको बहाल रकमको पांच प्रतिशतका दरले घरबहाल कर लाग्ने भएको हो । ब्यबसाय करतर्फ मदिराजन्य, प्रेट्रोलीयम, सुर्तिजन्य पर्दाथको ५हजार, चाउचाउ, कोक फेन्टा, हाडवयर, प्रान÷फु्रटि, बिस्कुटको ४ हजार, ग्यास, खाध्य तथा
किराना ब्यबसायको ३ हजार, मझौला तथा खाध्य्रन्न, किरानाको ८ सय, साना किराना ५ सय, हार्डवयर ,तरकारी फलफुल , भांडा पसल, फोटो स्टुडियो, मल बिउबिजन, साष्न फेन्सि, ड्राईभिङ ईन्टिचियुट, कम्युटर ईन्टिचियुट, ब्युटिपार्लर, हजाम, चिया खाजा सहितको सामान्य होटल, स्टेशनरी, ईलेक्ट्रोनिक्स, फलेक्स प्रिन्ट, मिस्ठानन, आईसक्रिम उधोगको बार्षिक कर १ लाग्ने भएको हो । त्यस्तै हजार, पान पसल मासु पसलको ६ सय , ठुला फेन्सि, ट्युसन सेन्टर, छापाखाना २ हजार पांच सय, पुल हाउस, नाट्यकला केन्द्र, कुटानी पिसानी मिलको ८ सय, स्टिल मेटल, पाउरोटि उधोग, मझौला होटल, लेखापढि कानुनी ब्यबसाय २ हजार, हाउजिङ ब्यबसाय ६ हजार, ग्रामिण क्षेत्रका साना पसल , आरन
ब्यबसाय ३ सय, पशु , कृर्षि फर्म ५ सय, ठुला होटल १५ बेड माथि ३हजार पांचसय रुपैया कायम गरीएको छ । त्यस्तै टेलर्सको ७ सय, पनद्र किलोवाट मुनिका लघुजलबिधुत १हजार सो भन्दा बढि भएमा प्रति किलोवाट १ सयका दरले बृद्धि हुने छ ।
सबै प्रकारका निर्माण ब्यबसाय कर ५हजार, सहकारी, लघुबित्त संस्थाको २हजार पांचसय, बिकास बैंक ३ हजार र नेपाल सरकारको पुर्ण स्वामित्व रहेका बाहेक आर्थिक कारोबार गर्ने बैँकका लागि ३हजार पांचसय रुपैया कर निर्धारण गरीएको हो । आरन ब्यबसाय कायम गरीएको छ । त्यसैगरी नगरपालीका भित्र लगाईने सेवा शुल्क दस्तुर शुल्कमा समेत परिमार्जन गरीएको हो । एता दोश्रो नगरसभाबाट आबस्यक तयारी नभएको भन्दै स्थगित भएको शिक्षा बिधयक समेत हिजोको नगर सभाले पारित गरेको छ । जसमा स्थानीय तहमा सामुदायिक बिधालयलाई कसरी ब्यबस्थापन गर्ने, कसरी सञ्चालन गर्ने, बिधि बिधान लगाएत ६० पृष्ट लामो शिक्षा बिधयक पास गरीएको हो ।