
ताराखोला गाउँपालिकाका सामाजिक व्यक्तित्व कबिरप्रसाद घर्तीको ६७ वर्षको उमेरमा आईतवार निधन भएको छ । नेकपा एमालेका क्षेत्रीय समिति सदस्य समेत रहेका घर्तीको स्थायि घर ताराखोला गाउँपालिका वडा नम्बर–५ औलादी हो ।
उनी साढे २ बर्षदेखि प्रेसरको समस्याका कारण विरामी थिए । स्थानीय स्तरमा शिक्षा तथा सामाजिक र राजनीतिक क्षेत्रमा योगदान पु¥याएका उनको निधनमा आईतवार श्रदाञ्जली सभा भएको छ । नेकपा एमाले तथा माओवादी केन्द्रले संयुक्त रुपमा गरेको कार्यक्रममा सामाजिक सुधार र परिवर्तनका लागि महत्वपूर्ण योगदान पु¥याएका घर्तीको निधनले अपुरणिय क्षेती पुगेको वक्ताहरुले वताएका थिए ।
श्रद्धाञ्जली कार्यक्रममा नेकपा माओवादी केन्द्रका ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर बिकले सामाजिक परिवर्तनको क्षेत्रमा घर्तीले गरेको योगदानको चर्चा गर्दै उनको निधनले सबैलाई मर्माहत तुल्याएको वताए । बागलुङ बजारको उपल्लाचौरमा रहेको आफ्नै घरमा निधन निधन भएका उनको पार्थिब शरीर जन्म स्थान ताराखोलामा लगि हिन्दू संस्कार अनुसार अन्त्यष्टी गरिएको छ ।
ताराखोलाको कम्युनिष्ट आन्दोलनमा योगदान गरेका घर्तीलाई स्थानीय अगुवा, नेकपा एमाले तथा माओवादी केन्द्रका नेता कार्यकर्ता तथा सर्वसाधारणले कम्युनिस्ट पार्टीको झण्डा वडाएर अन्तिम श्रदाञ्जली दिएका थिए ।
श्रद्धाञ्जली कार्यक्रम ताराखोला गाउपालिका वडा न ५ का अध्यक्ष रामबहादुर रोकाको अध्यक्षता र नेकपा एमाले वडा न ५ का अध्यक्ष धन प्रसाद बुढा को संचालन मा सम्पन्न भयको थियो ।