२५ असार २०८२, बुधबार

 

फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण दुरुपयोगः बेलायती संसदमा आएर बयान दिन जुकरवर्गलाई निर्देशन

 राजनीतिक प्रयोगका लागि ५ करोड फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण दुरुपयोग भएको सम्बन्धमा युरोपियन युनियन र ब्रिटिस सांसदहरुले फेसबुकका प्रमुख मार्क जुकरवर्गलाई स्पष्ट पार्न आग्रह गरेका छन्।

‘मार्क जुकरवर्गलाई युरोपयिन संसदमा बोलाएका छौं। ५ सय मिलियन युरोपेलीका प्रतिनिधि सांसदका अघि फेसबुकले स्पष्ट पार्नुपर्छ कि लोकतन्त्रको दुरुपयोग हुनेगरी कसैको व्यत्तिगत विवरण प्रयोग गरिएको छैन,’ युरोपेली संसदका अध्यक्ष एन्टोलियो ताजानीले भने।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको पक्षमा मत जुटाउन बेलायती परामर्शदाता कम्पनी ‘क्याम्ब्रिज एनलाइटिका’ले बिनाकुनै स्वीकृति ५ करोड फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण प्रयोग गरेको थियो। सो कम्पनीले बेलायत युरोपियन युनियनबाट बाहिरिने घोषणा गर्नुअघि पनि सोही कदम चालेको चिनियाँ समाचार संस्था सिन्ह्वाले लेखेको छ।

अध्यक्ष ताजानीले ट्विट गर्दै व्यक्तिगत विवरण प्रयोग गरिएको प्रमाणित भएमा सो कार्य स्वीकार्य नहुने चेतावनी दिएका छन्। उनले त्यस्ता कार्य प्रजातन्त्रका लागि ठूलो चुनौती भएकोसमेत उल्लेख गरेका छन्। ‘व्यक्तिगत विवरणको सुरक्षामा इयूको नियमको सम्मान तथा पारदर्शिताका सम्बन्धमा फेसबुकका प्रतिनिधिहरुले प्रमाणित गरेको क्षणको हामी प्रतीक्षामा छौं,’ अध्यक्ष ताजानीले थपे।

उता अघिल्लो सुनुवाइमा भ्रामक प्रमाण दिएको भन्दै बेलायती सांसदहरुले मौखिक बयान दिन फेसबुक प्रमुख जुकरवर्गलाई संसदमै उपस्थित हुन निर्देशन दिएका छन्।

संसदको प्रविधि, संस्कृति, सञ्चार र खेलकुद समिति (डिसिएमएस) की प्रमुख ड्यामियन कोलिन्सले जुकरवर्गका लागि एक पत्र लेख्दै व्यक्तिगत विवरणको लगातार प्रयोग भइरहँदाको चुनौतीलाई बुझेर पनि मन्जुरी दिनु तथा संसद्‌मा भ्रामक प्रमाण पेश गरिएको सम्बन्धमा संसद्‌मा उपस्थित भएर जवाफ दिन भनेकी छन्।

पत्रमा भनिएको छ,‘यो समय फेसबुकका अधिकार प्राप्त उच्च अधिकृतले सो घटनाबारे जानकारी दिनुपर्नेछ।’ जुकरवर्गलाई बुधबार नै संसद्‌मा उपस्थित हुन भनिएको छ।

क्याम्ब्रिज एनलाइटिकाकाे बेलायतकाे लन्डनस्थित कार्यालय


सो घटनामा बेलायती संस्थाको सहभागिताको सम्बन्धमा बेलायती प्रधानमन्त्री थेरेसा मेले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएकी उनका प्रेस सल्लाहकारले बताएका छन्।
तर ‘क्याम्ब्रिज एनलाइटिका’ र फेसबुक दुवैले सो घटना नियमसंगत भएको दाबी गरेका छन्।

बेलायतको ‘द अब्जरभर’ र अमेरिकाको ‘न्युयोर्क टाइम्स’ पत्रिकाले अनधिकृत रूपमा ५ करोड फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण लिएको दाबी गर्दै समाचार प्रकाशन गरेका थिए।

बेलायतको क्याम्ब्रिज विश्वविद्यालयसँग सम्बन्धित अमेरिकी तथ्यांक विश्लेषण फर्म ‘क्याम्ब्रिज एनलाइटिका’ सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको जितका लागि खेलेको भूमिकाका लागि चर्चित थियो। निर्वाचनअघि सो संस्थाले अमेरिकी मतदाताका विविध पक्षबारे तथ्यांक उपलब्ध गराएको थियो।

यता आफ्ना नियमहरू मिचिएको भन्दै तथ्यांकहरू मेटाउन फेसबुकले केही समय पहिला नै उक्त कम्पनीलाई आग्रह गरेको थियो । उक्त फर्मलाई शुक्रबार नै फेसबुकबाट निलम्बन गरिसकिएको छ।

फेसबुक र ‘क्याम्ब्रिज एनलाइटिका’ जोडिएको घटनाको सम्बन्धमा हाल अमेरिकी संघीय व्यापार आयोग (एफटिसी) ले अनुसन्धान गरिरहेको छ। लाइभ नेपालबाट

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung