
मोदीखोलामाथी निर्माण भएको दोविल्ला मोटरेवल बेलिव्रिज जिर्ण बनेको छ । २०६६ असोजबाट गाडी गुडन थालेको उक्त पुलको मर्मत अहिलेसम्म भएको छैन् । ठुलाठुला सवारीसाधान ओहोरदोहोर हुने पुल अहिले निकै जिर्ण भएको छ । पुलका पाताहरु सबै टुक्राटुक्रा भएर प्वाल परेको छ ।
गाडी चलाउँदा पनि भाँचिने त्रास रहेको सवारीचालकहरुले बताउने गरेका छन् । पुलका फलामे साईडर,सोल्पको फलामे पाता सबै फेर्नुपर्ने अवस्थामा पुगेको छ । कृषि सडकका नाममा पुल निमार्ण भएको समितीको भनाई छ । निमार्ण हुने समयमा जिल्ला विकास समिती पर्वतले पुल आधुनिक ढाँचाको वनाउने सम्झौता गरेको थियो ।
शुरुशुरुमा जिल्ला विकास समितिले हेरालो राखेर नियमित रुपमा रेखदेख तथा सफा गथ्र्यो अहिले यसतर्फ ध्यान नदिँदा झनै जीर्ण बन्दै गएको पुल उपभोक्ता समितिका अध्यक्ष गणेश पौडेलले जानकारी दिए । पुलको नियमित रुपमा रेखदेख नहुँदा ओभर लोड गरिएका गाडीहरु, डोजर, लोडर लगायतका हेब्भी ईक्युमेन्टहरु समेत यहि पुलबाट तार्ने गर्दा पुलका पाताहरुमा प्वाल पर्ने समस्या देखिएको व्यावसायी चित्र सागर श्रेष्ठको भनाई छ ।
पुलबाट ३४ गाविसमा प्रत्यक्ष रुपमा यातायात सेवा संचालन हुने गरेको छ । १५ टन भारवहन क्षमता भएको पुलमा ओभरलोड गरि लैजाँदा समेत कुनै निकायले कारवाही नगरेको स्थानीय कमला पौडलले बताईन् । पर्वतका ३४ गाविसलाई प्रत्यक्ष सरोकार राख्ने भए पनि पुल मर्मत सभारमा कसैको ध्यान गएको छैन ।
पुलको समिती मर्मतका लागी यहाँको प्रशासन,क्षेत्रीय योजना आयोग र सडक डिभीजनमा पुग्दा समेत आश्वास्न लिन आउँने काम भएकोे अध्यक्ष पौडेलले वताए ।