२८ बैशाख २०८१, शुक्रबार

 

आशा गर र व्यस्त बन – स्टिफन हकिङ

१) विकलांगताको कारण तपाईलाई अुनभव हुने वास्तविक दुख कुन चाहिँ हो ?
उत्तर– विकलांगताको कारण म आफ्ना बच्चाहरुसँग खेल्नबाट वञ्चित रहेँ । मैले उनीहरुको बाल्यकालमा आफ्नो बाल्यकालका यादहरुलाई जोड्न पाइनँ ।
२) तपाईलाई कस्तो संगीत मन पर्छ ?
उत्तर– म मुख्य रुपमा शास्त्रीय संगीत चाहने व्यक्ति हुँ । बेग्नर , ब्रम्ह , मेलहर आदिलाई पनि राम्रो मान्छु । पप संगीत पनि राम्रो लाग्छ । तर मलाई चरित्रको साथमा संगीत सबैभन्दा राम्रो लाग्छ ।
३) तपाईलाई जीवन कस्तो लाग्छ ?
उत्तर– अरुको दृष्टिमा मेरो जीवन सामान्य छैन तर मलाई भने यस्तो लाग्दैन । किनकी मैले जे चाहेँ , गरेँ । म क्षमता, जोस , उत्साह, हिम्मत र धैर्यमा कोहीभन्दा कम छैन । म आफ्नो जीवनप्रति निराश छैन ।
४) डीपीच मोड ( एउटा संगीत समुह) मा तपाईलाई के राम्रो लाग्छ ? तिनका कैयौ कार्यक्रमहरु र अन्य कार्यक्रमहरु पनि तपाईले देख्नु सुन्नु भएको छ । मंगलबार रातिको कार्यक्रम तपाईलाई कस्तो लाग्यो ?
उत्तर– यसभन्दा पहिला मैले डीपीच मोड को कुनै कार्यक्रम हेरेको छैन । तर मेरो छोरा टिम त्यसको प्रशंसक हो र त्यहाँ जान चाहन्थ्यो । त्यहाँ मलाई साँच्चै नै मजा आयो । म स्पीकरको ठीक सामुन्ने बसेको थिए । मेरो कान २४ घण्टादेखि बजिरहेको छ । तिनमा साँच्चै नै ठुलो उर्जा छ ।
५) विज्ञान एउटा गम्भीर विषय हो तर तपाईले यसलाई लोकप्रिय बनाउन मद्दत गुर्नभयो । जीवनका अन्य भागहरुलाई तपाई कत्तिको महत्वपुर्ण सम्झनुहुन्छ र समय बिताउनको लागि तपाईको मनपर्ने काम के हो ?
उत्तर– जीवन र यससँग जोडिएका सबै कुराहरु मलाई मन पर्छन् । आफ्ना निजी नाताहरुलाई छोड्ने हो भने मेरो मुख्य गैर वैज्ञानिक रुचिहरु संगीत र इतिहास हुन् । टिम बाट मलाई पालना गर्नको लागि एउटा सुत्र प्राप्त भएको छ । कैर्याै कार्यक्रमहरुमा हामी साथमा जान्छौ ।
६) मानिसहरु जेन वाइल्ड तपाईको जीवनमा परी बनेर आइन् भन्छन् , के साँच्चै हो ?
उत्तर– हो , म त्यसबेला जेनको प्रेममा परेको थिएँ । त्यसबेला उनी १८ वर्षकी थिइन् । मेरो रोगको बावजुद उनले मसँग विवाह गरिन् । हेरचाह गरिन् । आफ्नो इच्छा मारिदिइन् । मेरा सुखहरुमा कमी आउन दिइनन् । उनकै कारण मलाई बाँच्ने प्रेरणा मिल्यो । जेनले नै मलाई भविष्य जस्तो कुनै चीज हुँदैन भनेर सम्झाइन् । उनले मलाई वर्तमानमा बाँच्न सिकाइन् । यदि वर्तमानमा बाँच्नुभयो भने केही दिनपछि जब तपाईले पछाडि फर्केर हेर्नुहुनेछ तब कति शानदार जीवन बाँचेछु जस्तो लाग्नेछ ।
७) तपाईको कुनै मुलमन्त्र छ ?
उत्तर– ज्यउभ ७ पभभउ दगकथ ( आशा गर र व्यस्त बन )
८) तपाईकी आमा तपाईको बारेमा के भन्नुहुन्थ्यो ?
उत्तर– स्टिफन सधैँ बलियो छ र बुद्धिमान छ ।
९ं) मानिसहरु तपाई अक्सफोर्डमा हुँदा रोविंग टीममा किन सामेल हुनुभयो भनेर जान्न चाहन्छन् , तपाई खेलाडी पनि त होइन ?
उत्तर– वास्तवमा म अक्सफोर्डमा पहिलो सेमिस्टरको पढाईमा बोर भइरहेको थिएँ । पढाईमा मनै लागिरहेको थिएन । अर्काेतर्फ अक्सफोर्डमा बोट क्लब थियो र रोविंगलाई राम्रो काम मानिन्थ्यो । त्यहाँ सोनो कद र हलुका तौल भएको मानिसको खाचो थियो जसले टीमलाई नियन्त्रित गरोस् । यो मेरो इच्छाको काम थियो र म उपयुक्त पनि भए । त्यसैले मैले यसलाई छाने । यसबाट मेरो चर्चा पनि भयो । यसले मेरो पढाईमा बाधा उत्पन्न त भयो तर पनि म प्रतिदिन कम्तिमा एक घण्टा पढाईलाई समय दिने गर्दथे ।
१०) के तपाईको कुनै बहुप्रतिक्षित इच्छा पुरा भयो ?
उत्तर–भयो , सन्१९८५ मा जब मलाई निमोनिया भएको थियो र म अस्पतालमा थिएँ तब मेरो इच्छा तातो हावामा अन्तरीक्षको अनुभव गर्ने थियो । मेरो इच्छा सन् २००७ मा पुरा भयो जब मैले जीरो ग्रेविटी फ्लाइटबाट अन्तरीक्षको यात्रा गरेँ र भारहीनताको अुनभव गरेँ ।
११) भनिन्छ, तपाईलाई इलाइन मेसनले प्रताडित गर्ने गर्थिन तर पनि तपाई इलाइनकै साथमा रहुनभयो ?
उत्तर– सबै नाताहरु नुहुनभन्दा राम्रा थिए ।
१२) अलौकिक जगतको सम्बन्धमा तपाईको के विचार छ ?
उत्तर– अलौकिक या लोकोत्तर जगत एउटा कल्पना हो । मेरो के विश्वास छ भने मृत्युपछि केही पनि जोडिएको हुँदैन । मानिसहरु केवल अँध्यारोदेखि डराउँछन् ।
१३) मृत्युपछिको चेतनाको बारेमा तपाईको के विचार छ ?
उत्तर– म मस्तिष्क एउटा कम्प्युटर जस्तै हुन्छ र चेतना कम्प्युटर प्रोग्रामझैँ हुन्छ भन्ने कुरामाथि विश्वास गर्छु । जब कम्प्युटर अफ हुन्छ चेतना गायब हुन्छ । यद्यपि यसलाई फेरि जाग्रत गर्न सकिन्छ तर प्राकृतिक रुपमा पुराना यादहरुलाई फर्काउन धेरै गाह्रो काम हो ।
१४) तपाई आफ्नो जीवनकालमा विज्ञानको के कुनै विकसित रुप देख्न चाहनुहुन्छ ?
उत्तर– हो , म परमाणु शक्तिको उपयोग मानव कल्याणको लागि होस् र विज्ञान परमाणुको यस शक्तिलाई उर्जाको स्रोतको रुपमा विकसित गरियोस् भन्ने चाहन्छु ।
१५) यदि ईश्वरको अस्तित्व छैन भने फेरि यो विचारलाई सार्वभौमिक किन बनाइयो ?
उत्तर– ईश्वरको अस्तित्व छैन भनेर म दावी गरिरहेको छैन । ईश्वरको अस्तित्व मानिसहरुले त्यसकारण स्वीकार गरे किनकि हामी यहाँ छौ । ईश्वरको भाव अवैयक्तिक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्