अर्कैको आम्दानीमा रमाउनेहरुको बजारमा लर्को बढ्दै गइरहेको बेला यहाँकी एक महिलाले भने आफ्नो लगानीबाट समृद्धिको सुनौलो सपना बुनेकी छिन । भनाई र गराईमा बागलुङमा रहेर सोनी साइसा ब्युटी पार्लर सञ्चालन गर्दै आएकी पार्वती अधिकारी एक उदाहरणीय पात्र बनेकी छिन ।
१२ कक्षा पास गरेर ७–८ वर्ष सहकारीमा काम गरेकी उनी त्यस पश्चात आफ्नै व्यवसाय सञ्चालन गर्ने सोचका साथ काठमाडौमा ब्युटिसियन कोर्षको अध्ययन गर्न पुगिन र ९ महिनाको कोर्ष पुरा गरेर बागलुङ आएर आफ्नै लगानीमा पार्लर खोलिन् ।
हाम्रो समाज पुरुष प्रधान समाज हो । त्यसैले पनि महिलाहरु पुरुषको तुलनामा समाजमा कम अवसर पाउने गर्दा महिला पछि परेका छन । पुरुषकै कमाई निर्भर रहनु पर्ने कतिपय महिलाको बाध्यता पनि रहेको छ ।
अहिले उनले ब्युटिसियन सेवाका साथै ट्रेनिङहरु पनि सञ्चालन गर्दै आएकी छन । अहिले सम्म २०० जनालाई आफुले टे«निङ दिइसकेको अधिकारी बताउँछिन । ‘कतिपयले व्यवसाय संचालन गरेर सफल व्यवसायी बने ।’ उनले नयाँविश्वसँगको अन्र्तवार्तामा भनिन् ‘आफुले सिकाएका व्यक्ति सफल भएको देख्दा आफै सफल भएको भान हुन्छ ।’
उनले आफ्नो पार्लरमा ३ जनालाई रोजगारी समेत छिन । उनले आवश्यकता अनुसार घरमै गएर समेत सेवा प्रदान गर्ने गरेकी छन । यस ब्युटिसियन सेन्टरबाट थ्रेडिङ फेसियल, हेयर स्टेट, दुलही मेकअफ, मेहन्दी, नेल आर्ट, मेनिकेयर ,फेडिकेयर लगायतका सुविधा उपलब्ध रहेको जानकारी दिइन ।

सुरुमा ३ लाखको लगानीबाट व्यवसाय सुरु गरेकी उनले अहिले मासिक २ लाखभन्दा बढि आम्दानी गरेकी छन । आर्थिक रुपले कमजोर अवस्था भएका महिला तथा पुरुषहरुका लागि आफुले निशुल्क तालिम दिन इच्छुक रहेको अधिकारी बताउँछिन । ‘सीप र तालिम भए आफै गर्न सकिन्छ । मैलै तालिम दिएर म जस्तै अरु महिलाहरुको आर्थिक सुधार हुन्छ भने म निशुल्क तालिम दिन्छु ।’ उनले भनिन् ‘तालिम लिन इच्छुक जोसुकै लाई सहयोग गर्न तयार छु । ’
































































































































































































