२५ असार २०८२, बुधबार

 

एकीकृत जग्गा एकीकरण आयोजना ल्याण्ड पुलीङको बैठक बुर्तिबाङमा सम्पन्न ।।

ढोरपाटन नगरपालिकामा एकीकृत जग्गा एकीकरण आयोजना ल्याण्ड पुलीङको बैठक सम्पन्न भएको छ ।अब्यबस्थित शहरलाई ब्यबस्थित बनाउने , टुक्राईएका जग्गालाई एककिरण गर्ने , बिद्यालय स्वास्थ्य चौकी ,तथा भौतिक पुर्वाधारलाई व्यवस्थित गरी नयाँ शहरको अवधारणा ल्याउने उद्धेश्यका साथ सञ्चालित आयोजना अन्र्तगत ढोरपाटन नगरपालिका वडा नं ४,८,६,२,९,१ मा विज्ञ प्राविधिकहरु द्धारा सर्बेक्षण गरीएको ग्रुप अफ ईन्जिनीयरीङ एण्ड कन्सल्टेन्ट काठमाण्डौका सामाजिक विज्ञ देवीलाल पाण्डेले बताएका छन् ।

ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीको अध्यक्षता , उपप्रमुख करमति पुनमगर, प्रमुख प्रशासकीय अधिकृत धनपव्रसाद पोखरेल ,ईलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख जनक थापा , ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नीरीक्षक कृष्ण राना , ढोरपाटन नगरपालिकाका वडाध्यक्षहरु वडाबासी ,बुर्तिबाङ नयाँ शहर आयोजनाका प्रमुख प्रबिण अधिकारी ,नयाँ शहर आयोजना समन्वय कार्यालय बबरमहल काठमाण्डौका शशी कुमार यादव , नयाँ शहर आयोजना समन्वय कार्यालय बबरमहल काठमाण्डौका शरीता श्रेष्ठ ,ग्रुप अफ ईन्जीनीयरीङ एण्ड कन्सल्टेन्टका ईन्जीनीयर ईन्द्र खतिवडा , बुर्तिबाङ नयाँ शहर आयोजनाका नेत्रलाल उपाध्याय , स्थानीय समाजसेबी तथा पत्रकार लगायगको उपस्थिती रहेको बैठकले , वडा नं २ मा रहेको टारीखेतमा रहेको बिवादीत जग्गामा बिभिन्न मुद्धा मामीला तथा काम गर्दा असहयोगको वातावरण सृजर्ना भएकाले अहिले सो जग्गालाई जग्गा एकीकरणमा समावेश नगरी स्थकीत गरी र सर्बेक्षण गरीएका वडामध्ये वडा नं २ मा रहेको सीमलचौर र सेरालाई सोही सम्झौता अनुसार सुरुदेखिनै कार्य सुरु गर्ने , साथै सो ठाउलाई बिगतका जस्तै आलटाल नगरी अबिलम्ब कार्य सञ्चालन गर्ने , तथा ढोरपाटन नगरपालिका २ कुत्थाप्लामा पनि अबिलम्ब कार्य सञ्चालन गर्ने निर्णय गरीएको छ ।
सो अबसरमा बोल्द नगरप्रमुख देबकुमार नेपालीले एकीकृत जग्गा एकीकरण आयोजना ल्याण्ड पुलीङ कार्य स्वागत योग्य काम भएको बताउदै, सो आयोजनालाई पुर्ण सर्मथन तथा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । साथै उनले वडा नं २ मा हुर्ने कार्य सुरुवाती चरण बनाई सींगो नगरपालिकामा यो आयो जना लागु गरी ,ढोरपाटनको हरेक स्थानमा पुगी सर्बेक्षण गरी जग्गा एकीकरण ल्याण्ड पुलीङ गर्न नयाँ शहर आयोजना समन्वय कार्यालयका प्रतिनीधि समक्ष माग राखेका छन् ।

बैठकमा जग्गा एकीरण तथा व्यावस्थापन बारे ग्रुप अफ ईन्जीनीयरीङ एण्ड कन्सल्टेन्टका ईन्जीनीयर ईन्द्र खतिवडाले प्रस्ट पारेका थिए भने ग्रुप अफ ईन्जीनीयरीङ एण्ड कन्सल्टेन्ट का सामाजिक विज्ञ देबीलाल पाण्डेले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung