२९ असार २०८२, आईतवार

 

न्यु नवज्योति युवा कल्व गलकोटको २० औं वार्षिकोत्सव कार्यक्रम सुरु

राष्ट्र निर्माणमा युवाहरुको सकृयता भन्ने मुल नाराका साथ न्यु नवज्योति युवा कल्व गलकोट नगरपालिका ७ मल्म आगॉखेत बामियाको २० औं वार्षिकोत्सव सुरु भएको छ ।

प्रायोजक एवं समाजसेवी सुवेदार ललित बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा घुम्टे युवा परिवार मल्मका अध्यक्ष थम्मन थापा सन्देश र दिपज्योति आधारभुत विद्यालयका प्रधानध्यापक शारदा देवी शर्माले शुभकामना मन्तव्य राखेका थिए। मेलाको अवसरमा सम्पन्न भुतपुर्व पुरुष भलिबल प्रतियोगितामा आयोजक टिम ए र राज होटल बॉसखोला दोस्रो चरणमा प्रवेश गरेको छ । आगामी वैशाख ८ गतेसम्म सञ्चालन हुने मेलामा पुरुष भलिबल, सामुहिक नृत्य, छेलो फाल्ने प्रतियोगिताको साथमा राष्ट्रिय स्तरका कलाकारहरु जुना श्रीस, राजन कार्की, ईश्वर सिंह लगायतको सांगितिक प्रस्तुति रहने कल्वका महासचिव रुद्र केसीले जानकारी दिए ।

समुदघाटन समारोह न्यु नवज्योति युवा कल्व गलकोट नगरपालिका ७ आगॉखेत बामियाका अध्यक्ष सुरेन्द्र केसीको अध्यक्षता, कोषाध्यक्ष टेकनाथ गौतमको स्वागत मन्तव्य र सदस्य नविन थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung