
नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले मुलुकमा राजनीति स्थिरता पछि देशले गतिलिने आशा पलाएको बताए।
नेपाल प्रेस युनियन बागलुङ शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अहिले मुलुकमा चुनिएको सरकार मात्रै लोकतन्त्र नभएको अहिले अदालत अख्तियार कमजोर गराउने काम भइरहेको नेता पौडेलले बताए ।
हिजो अख्तियारमा लोकमान कार्किलाइ ल्याउनु गलत भएको आफुले हिजोको दिनमा बिरोध गरेको तर त्यो काममा सफल नभएको पौडेलले बताए ।
सत्ता संचालन गर्ने मान्छेले पुरानो मानसिकताले काम गरेर सङघियता कमजोर हुने यो भोलि गएर फेल हुने अबस्थामा पुग्ने नेता पौडेलले पत्रकार भेटघाटमा बताए ।सङघियताको नाममा मुलुकलाई बिघटन हैन एकता हुने अभियान अनुसार लागे मात्रै संविधान सफल हुने उनले बताए ।
देशलाई सर्बसत्ताबादमा जानबाट नेपाली काङ्ग्रेस लागि पर्ने प्रमुख प्रतिपक्षीको भुमिका खेल्ने बताए ।
अहिले एमाले र माओबादी केन्द्र बिच हुदै गरेको पार्टी एकता लाई नाटक मन्चन भएको हुदा यसबारे आफु नबोल्ने पौडेलले बताए।
पत्रकार सम्मेलनको अध्यक्षता नेपाल प्रेस युनियन बागलुङका कार्यबाहक अध्यक्ष प्रदिप पन्त स्वागत सहसचिव सुबास आचार्य संचालन सचिव संगम घर्ती मगरले गरेका थिए ।