१८ भाद्र २०८३, बिहीबार

 

बागलुङमा बिश्व प्रेस स्वतन्त्र दिवस 

शक्तिकाे निगरानी मिडिया न्याय र बिधिकाे शासन भन्ने मुल नारासहित नेपाल पत्रकार महासंघ बागलुङ शाखाकाे अायाेजनामा बिश्व स्वतन्त्रता दिवस बागलुङमा अन्तर्क्रिया कार्यक्रम गरि मनाइएको छ ।
अहिले पनि शासक प्रशासकले पत्रकार लाई अाफ्नाे अनुकूल चलाउने खाेज्ने नमान्ने लाई कार्वाही गर्ने प्रबृत्ति अझै पनि कायमै रहेको धारणा अन्तरक्रिया कार्यक्रममा सराेकारवालाले राखेका थिए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष राजेशचन्द्र राजभण्डारी पुर्ब अध्यक्ष मुकेशचन्द्र राजभण्डारी उच्च अदालत बार बागलुङका अध्यक्ष केशवराज पराजुली नेपाल पत्रकार महासंघका सल्लाहकार ज्ञानेन्द्र गाैतम सल्लाहकार काेपिला कडेल प्रेस युनियन का उपाध्यक्ष प्रदिप पन्तले स्वतन्त्र प्रेसकाे लागि पत्रकार पनि स्वतन्त्र हुन जरुरी रहेको धारणा राखेका थिए । हिजो बजार राजनीतिले नियन्त्रण गरेको थियो अहिले पत्रकारिता लाई बजारले नियन्त्रण गरिरहेकाे कारणले पनि अझै प्रेस स्वतन्त्रता हुन नसकेको धारणा राखेका थिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिषकाे अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य काेषाध्यक्ष  बिजय राना संचालन महासंघका   सहसचिव नवीन शिशिर बिकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung