२५ असार २०८२, बुधबार

 

कर्ममा विश्वास गर्ने शर्मा

आफुले सिकेको सिपलाई व्यवहारमा प्रयोग गर्ने व्यक्ति थोरै मात्रामा हुन्छन् । उनै थोरै व्यक्ति मध्ये पर्वतमा कृष्णप्रसाद शर्माको नाम अग्रस्थानमा आउँछ । चितवनमा उच्च शिक्षा हासिल गर्ने क्रममा सिकेको सिपलाई व्यवहारमा उतारेकै कारण उनी आज जिल्लाकै सफल व्यवसायी मध्ये एक हुन् । पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा जन्मेका शर्मा एक मेटल उद्योग व्यवसायी हुन् । वि.सं २०६७ सालमा कुश्मा नगरपालिका ७ साझ चोकमा शर्मा मेटल उद्योग स्थापना सगै सञ्चालनमा ल्याएका छ । शर्मा उद्योगका प्रोपाइटर हुन् । भाग्यमा भन्दा पनि कर्ममा बढि विश्वास गर्ने शर्मा यसलाई नै आफ्नो मुल मन्त्र बनाएर व्यापार र उद्मशिलता सफलता परेको ठान्छन् । मेहेनत, लगनशिल, आँट र अठोटका अनि साहसकै कारण शर्माले आफ्नो उद्योग सञ्चालनमा ल्याएको बताउँछन् । उनले उद्योगमा आल्मुनियमका समान बनाउने, बेच्ने गर्छन । घर बनाउका लागि आवश्यक सामग्री निर्माण गर्छन । घर बनाउन प्रयोग गरिने ग्रिल सटर,च्यानलगेट,पानीटंकी,ट्रस,हेर्वागेट, कुखुराजाली,ओल्डिङ लगायतका सबै सामग्री पाइन्छ ।

आज भन्दा आठ बर्ष पहिला साझचोकमा भाडामा जग्गा लिएर ५ लाख लागतमा शुरु गरेको उद्योगमा हाल ६० लाख भन्दा बढिको सर–समान(सम्पती) रहको शर्मा बताउँछन् । उनको उद्योगमा हाल १० जना कर्मचारी कार्यरत छन् । उद्योगमा चितवन, पर्सा लगायतका जिल्लाहरका युवाहरु कार्यरत छन् । मासिक १५ हजारदेखी ३२ हजारसमम तलव दिने गरेको उनले सुनाए । तर, यहाँका युवाहरुले सिप सिक्न नखोजेको प्रति उनको गुनासो छ । ‘कुनै पनि काम सानो ठुलो हुदैन तर, यहाँका युवाहरुले काम प्रति चासो देखाउँदैनन्, उनले भने, ।’ ‘मैले गाउँका धेरै युवाहरुलाई आउ काम सिक भने, तर, यहाँका युवाहरु विदेश नगई हुदैन भन्छन् , उनले भने, ‘हातमा सिप भए विदेशमा जति यही कमाउन पनि सकिन्छ ।’

सानो बजार भएपनि ग्राहकहरुको आवश्यकतालाई मध्येनजर गदै व्यवसायलाई उनी कहिल्यै खाली हात बस्नु परेको छैन । बजारमा मात्र होईन जिल्लाका धेरै ठाउँवाट कामको माग आउने गरेको शर्माको भनाई छ । म जिल्लाको उत्तर देखी दक्षिणसम्म काम गर्नको लागि जान्छु । मेरो कामलाई मन नपराउने कमै मात्रामा छन् उनले भने । उनको उद्योगमा दैनिक १५÷२० जना ग्राहक आउने गर्छन् । ग्राहक आवश्यकता र समयको माग अनुसार आफुले उद्योगलाई सञ्चालन गरेका कारण आफु सफल बनेको शर्माको भनाई छ । उनको उद्योगमा कर्मचारी पनि सन्तुष्ट रहेको बताउँछन् । शर्मा पनि कर्मचारीको काममा देखी सन्तुष्ट रहेको बताउँछन् । मैले कर्मचारीको काममा कहिल्यै हस्ताक्षप गरिन् उनले भने,‘मैले कर्मचारीको भाई साथीको व्यवहार गरेकै कारण मेरो उद्योगमा स्थापनाकाल देखिकै कर्मचारी छन् , उनले भने, । व्यवसायमा लागेपछि नाफा कमाउनु पर्छ भन्ने मैले कहिल्यै सोचिन । कसरी हुन्छ ग्राहकहरुको मन जित्नुपर्छ भन्ने सोचे त्यसैका कारण आज ग्राहकको मन जितेको उनी बताउँछन् ।

स्थानिय श्रोत साधनलाई सदुपयोग गरि गर्न अव्वल मानिएका शर्मा स्थानिय वस्तुलाई उत्तिकै प्राथमिकता दिन रुचाउनु हुन्छ । व्यवसायी सँगसँगै शर्मा समाजसेवामा पनि अत्यन्तै रुची राख्छन् । गाउँका विद्यालय, मठमन्दिर, खानेपानी, स्वास्थ्य संस्थामा उनको सहयोग छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung