२९ असार २०८२, आईतवार

 

बागलुङ नगरपालिका वडा नं. ६को वडा भेला शनिवार सम्पन्न ।

बागलुङ नगरपालिका वडा नं. ६ को वडा भेला शनिवार लहरेपिपलमा सम्पन्न भएको छ । भेलामा भौतिक निर्माण, खानेपानी, कृषीको जोन क्षेत्र निमार्ण, आयआर्जन मुलक कार्यक्रम सहित वन, वातावरण, शिक्षा, सञ्चार, पर्यटन, सामाजिक एवं सांस्कृतिक योजना र कार्यक्रमलाई प्राथमिकता दिदैँ पारित गरेको छ ।
वडा भेलामा बानपा ६ का राजनैतिक पाटीका संयोजक तथा प्रतिनिधि, टोल सुधार समितिका अध्यक्ष, विभिन्न सघं सस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो । बानपा ६ का वडा अध्यक्ष खेमराज सापकोटाले यस वडामा आवासिय सुविधा सहितको नमुना विद्यालय संचालन गर्ने, नगर चक्रपथमा जोडिएका शाखा बाटाहरु ढलान तथा पिच गर्ने, एक घर एक धारको अभियान लाई निरन्तरता दिने, एक गाउ एक उत्पादन हुने गरि कृषी जोन निमार्ण गर्ने लगाएतका योजनाहरु प्रस्ताव गरेका थिए । भेलाले उक्त योजनाहरु समय सान्र्दभिक भएको भन्दै प्रस्तावीत योजनाहरु पारित गरेको छ ।
भेलामा बानपा ४ का अध्यक्ष तथा बागलुङ नगरपालिकाका भौतिक निमार्ण समितिका संयोजक धुव्र बहादुर केसीले यस वडाले जनप्रतिनिधि पाउदाको १ वर्ष भित्रमानै धेरै उल्लेखनिय विकास गरेको भन्दै धन्यवाद तथा बधाई दिएका थिए । जनप्रतिनिधीले कुनै पनी बिकास निमार्णको काममा एउटा पुलको रुपमा काम गर्न भएकाले योजनालाई मुर्त रुप दिन जनताले पहल कदमी दिनु पर्ने वताएका छन । साथै यस वडामा प्रस्तावित योजनाहरुमा जनताले साथ दिएमा सवै योजना पुरा हुने बताए

कार्यक्रममा डिलबहादुर थापा, चित्रबहादुर सुवेदी, कृष्णप्रसाद आचार्य, मानबहादुर थापा, बालकृष्ण सापकोटा लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रम वडा अध्यक्ष खेमराज सापकोटाको अध्यक्षता र वडा सचिव रुद्रबहादुर केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung