३२ असार २०८२, बुधबार

 

होटल व्यवसायमा सफलता चुम्दै कुवँर

बागलुङ नगरपालिका वडा नम्वर २ श्रीनगर टोलमा सञ्चालित होटल सितल पार्टी प्यालेसका सञ्चालक तालबहादुर कुँवरले होटल व्यवसाय गरी सफलता चुम्न सफल भएका छन । होटलका सञ्चालक तालबहादुर कुवरले भन्छन, म होटल व्यवसायबाट खुसी छु । यस व्यवसायले मलाई नाम र दाम दुबै दियो । स्तरीय सेवा ,स्वादिस्ट खाना र मुस्कान सहितको अतिथि सेवाले सबैको रोजाईमा होटल सितल परेको छ ।
अहिले उनले आफनो होटलमा ८ जना युवाहरूलाइ रोजगारी दिएका छन । उनीहरुले ५ हजारदेखि २० हजारसम्म तलव पाएका छन । कार्यक्रम गर्न चिटिक्क परेको हल ,एसी रूम ,सफा वातावरण , स्वास्थ्य खाना र खाजा यस होटलका विशेषता हुन । उनले आगामी दिनमा गाहकको आवश्यकता अनुसार बिस्तारै सेवा सुविधा थप गर्ने योजना रहेको जानकारी दिए । वि.स २०६० सालमा बागलुङ बजारको जीपपार्कमा साधारण रूपमा न्यु सितल गेष्ट हाउस खोलेका थिए ।

त्यसपछि वि.सं २०६८ सालमा कुँवरले ठुलो लगानीमा नयाँ भवनमा श्रीनगर टोलमा नयाँ व्यवस्थापनमा होटल सञ्चालन गरे। ठुलो भवन ,नयाँ टोल ,धेरै भाडा धेरैले होटल चल्न कठिन हुने अडकल गरेका थिए । तर, धेरैको अनुमानको विपरित राम्रो सुविधा र मिठो सत्कारका कारण होटलले गति लिन थाल्यो ।

२ जना छोराछोरी पढाउन र अलिकति सामाजिक काम गर्न गर्नका लागि यो पेशाले सहयोग गरेको उनी बताउँछन ।बागलुङ बजारको लोक प्रिय क्लव, लायन्स क्लव अफ धौलागिरिका सन १८,१९ का लागि तृतीय तृतीय उपाध्यक्ष भएका छन ।
स्वास्थ्य शिविर ,शिक्षा ,सामाजिक सेवा र प्राकृतिक प्रकोप जस्ता मानवीय सेवामा पनि उनी समर्पित हुन थालेका छन । मानवीय सेवा गरेको यस क्लवको कुवरले सचिवको रूपमा नेतृत्व क्षमता देखाएका थिए ।वि.स २०३२ सालमा काठेखोला गाउँपालिका वडा नं ७ रेशमा जन्मेका कुवँरले विस २०५० सालमा एसएलसी दिएर कादेश निमाविमा ३ वर्ष पढाएका थिए ।व्यवसाय र सामाजिक सेवा सँगै संगै गरिरहेका कुवँरले जीवनमा मित्रता कमाउनु र जीवन भोगाईबाट सहि शिक्षा लिनु जीवनको सार भएको बताउँछन ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung