२५ असार २०८२, बुधबार

 

विद्युत प्राधिकरणको लापरवाहिका कारण दुर्घटनाको जोखिम

  प्राधिकरणले गलकोटमा जडान गरेका अधिकांश ट्रान्सफर्मरको उचित तरिकाले ब्यवस्थापन गर्न नसक्दा दुर्घटनाको जोखिम बढेको हो । मध्यपहाडी लोकमार्गको छेउमा, घर नजिक भुँइ नै भेट्ने गरी ट्रान्सफर्मर र विद्युत प्रवाह भैरहेको तारा हुँदा स्थानीय बासिन्दालाई बाटो हिँड्न पनि डर छ तर विद्युत प्राधिकरणले उचित चासो नदिएको स्थानीय बासिन्दा गुनासो गर्छन् । गलकोट नगरपालिका वाड नम्बर ३ हटियाको प्रहरी चौकि देखि तल मध्यपहाडी लोकमार्गको छेउमा केटाकेटिले पुग्ने स्थानमा ट्रान्सफर्मर छ, स्थानिय सन्त बहादुर भण्डारीले भने, दैनिक रुपमा सयौको संख्यामा स्थानिय र बालबालिका हिड्डुल गर्ने बाटोमा अब्यवस्थित तरिकाले ट्रान्सफर्मर र तारा राख्दा ज्यान नै जोखिममा रहेको बताए ।

गाडि दुर्घटनाको जोखिम रहेको उक्त स्थानमा दुर्घटना भई ट्रान्सफर्मरमा ठोकिए मानविय र करोडौको भौतिक क्षति हुने उनको भनाई छ । ट्रान्सफर्मर राखिएको पोल हुदै ३, ४ घरपरिवार आवतजावत गर्ने गरेको र समय समयमा करेन्टका झिल्का देखा पर्ने गरेको स्थानिय रमेश खत्रीले बताए । मैले आफना छोराछोरी बिद्यालय जाने क्रममा समय समयमा ताराहरु छोएको देखेपछि बिद्युत कार्यालयमा यसको ब्यवस्थापनका लागी खबर गरे तर पनि यसतर्फ चासो नदिएको उनको गुनासो छ । त्यस्तै गलकोट नगरपालिका ९ बासखोलामा पनि लोकमार्गको आडैमा भुई नजिक ट्रान्सफर्मर राखिएको छ । भुईबाट सजिलै पुग्न सकिने भएकाले दुर्घटनाको जोखिम बढेको वाड अध्यक्ष तेज बहादुर थापाले बताए । थापाका अनुसार नोलाईट कार्यालयमा पटक पटक ब्यवस्थापनका लागी जानकारी गराए पनि सुनुवाई नभएको बताए । उनले आफु वाड अध्यक्ष भएकाले तत्कालै जग्गाको ब्यवस्थापन गरि त्यसको ब्यवस्थापन गर्ने बताए । जति खेर दुर्घटना हुने सम्भावना छ ।

तर प्राधिकरणले वास्तै गर्दैन’ स्थानीय सन्त बहादुर भण्डारीले भने, ‘घरमा बालबालिका छन् । बालबालिकालाई घरको काम छोडेर बिद्यालय छोड्न जानुपर्ने समस्या छ । ट्रान्सफर्मर र तार भएको ठाउँमा जान्छन् कि भनेर एक जना त उनिहरुलाई दैनिक छोड्न जानुपर्ने हुन्छ ।’ स्थानीय बासिन्दाले नोलाईट कार्यालयमा यसको बिषयमा जानकारी गराए पनि कार्यालय प्रमुख जिबन थापाले भने यसको काम विद्युत प्राधिकरण बागलुङले गर्ने र आफुले यसको बारेमा जानकारी नगराएको बताए ।

यसको लागी हामी पनि पहल गर्छौ, मिडिया र स्थानियले पनि पहल गनुपर्छ थापाले भरे । गलकोटमा भएका अधिकांश ट्रान्सफर्मर ब्यवस्थित नहुदाँ दुर्घटनाको जोखिम बढिरहेको छ । त्यस्तै हाल मध्यपहाडी लोकमार्ग हुदै प्रसारण गरिएको लाईनको पोल र तार समेत ब्यवस्थित नभएको गलकोट नगरपालिका ३ का सन्त बहादुर भण्डारीले बताए । भण्डारीका अनुसार ठुला खाले गाडिहरु आवतजावत गर्नका लागी तार र पोल ब्यवस्थापन नभएका कारण समस्या देखिएको बताए । उनले पोलमा प्रयोग गरिएका पिन कोल्टे परेकोले तारा फुल्कि आफनो घरमा आउने सम्भावना देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung