नेपाल मोबाईल वितरक संघ प्रदेश ४ को केन्द्रीय सदस्यमा युवा व्यवसायी ओम प्रकाश गौतम चयन भएका छन् । गौतम ईलेक्टोनिक्सका प्रोपराइटर गौतम लामो समयदेखि बागलुङ बजारमा एक सफल युवा व्यवसायीको पहिचान बनाउन सफल भएका छन । मोबाईल व्यापारलाई व्यवस्थित र संस्थागत गर्न यो संघ स्थापना भएको गौतम बताउछन । शिवराज पाहाडिको अध्यक्षतामा बनेको संघको उपाध्यक्षमा सुशील गुरूङ ,सचिवमा जीवन ढुंगाना र कोषाध्यक्षमा दिनेश श्रेष्ठ रहेको छ ।














































































































































































































