२६ असार २०८२, बिहीबार

 

आयात भन्दा बढी निर्यातमा जोड दिनुपर्छः तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले स्थानीय स्रोत साधनको अधिकतम परिचालन गरी आयात भन्दा बढी निर्यातमा जोड दिनुपर्ने बताएका छन ।। बागलुङ उद्योग बाणिज्य संघले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै व्यापार व्यवसाय सञ्चालन गर्दा नागरिकलाई मर्का नपर्ने गरी सञ्चालन गर्नुपर्ने बताएका हुन ।
उनले प्रदेश नम्बर ४ लाई समृद्धिको बाटोमा अगाडी बढाउनका लागि व्यवसायीहरुको साथ आवश्यक पर्ने भएकाले आम नागरिकको हक हितको पनि संरक्षण गर्दै जानुपर्ने बताए । लामो समय पछि देश स्थिरता तर्फ उन्मुख भएकाले राजनीतिक स्थिरता संगै सुशासन कायम गर्दै जानुपर्ने भनाई राखेका थिए । विगतमा राजनीतिमा विभिन्न खालका विकृत्तिहरु देखा परेको भन्दै आगामी दिनमा प्रतिपक्ष र सत्तापक्ष दुवै मिलेर गएमा मात्रै मुलुक समृद्धिको बाटो लाग्ने बताए ।
बागलुङ जिल्लामा मध्यपहाडी लोकमार्ग, कालिगण्डकी करिडोरले छोएकाले धार्मिक एवं अन्य पर्यटकहरुलाई भित्राउन सक्ने सम्भावना बढी भएकाले पुर्वाधार निर्माणमा जोड दिए । गाउँपालिका तथा नगरपालिका भित्र भएका स्रोत साधनहरुलाई स्थानीय तहले नै परिचालन गर्न सक्नुपर्ने बताए । बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले बागलुङको बिकासको लागि सकारात्मक भुमिका खेले आर्थिक रूपमा समृद्धि हुने भन्दै जिल्लाको बिषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा पर्बत जिल्लाका प्रदेश सभाका सांसद जुना नेपाली, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ, बागलुङ उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, महिला उद्यमी बिकास समितिका अध्यक्ष भगवती केसी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले मन्तव्य राखेका थिए । कार्यक्रम संघका अध्यक्ष भारीको अध्यक्षता, उपाध्यक्ष युवराज राजभण्डारीको धन्यवाद र महासचिव दयाराम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung