२३ असार २०८२, सोमबार

 

भिएलएनका श्रेष्ठ १० लाख धरौटीमा रिहा, माइग्राम्सका नाममा पुनः पक्राउ

 मलेसिया जाने कामदारलाई भिएलएनमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका राम श्रेष्ठलाई बुधबार अदालतले १० लाख धरौटीमा छाडेको छ । २ अर्ब ८६ करोड १५ लाख बिगो दाबी गर्दै प्रहरीले अदालतमा मुद्धा दायर गरेपनि अदालतले १० लाख धरौटीमा छाडेको हो ।
अदातलले धरौटी लिएर छाडेलगत्तै प्रहरीले श्रेष्ठलाई बुधबार साँझ नै पुन पक्राउ गरेको छ ललितपुर प्रहरीमा श्रेष्ठ विरुद्ध माइग्राम्स सञ्चालन गरेको उजुरी परेकाले पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । माइग्राम्सको सञ्चालक श्रेष्ठ नभई कैलाश खड्का हुन् ।
खड्का भने सरकारले कारवाही सुरु गरेदेखि नै फरार रहेका छन् । स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष रहेका खड्काले नेपालमा बायोमेट्रिक सञ्चालन गर्दै आएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मलेसिया जाने कामदारलाई सिन्डिकेट खडा गरेर बायोमेट्रिक सञ्चालनमा रोक लगाएका थिए । बायोमेट्रिक रोक लगाएसँगै प्रहरीले श्रेष्ठसहित ४० जनालाइृ पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung