२६ असार २०८२, बिहीबार

 

महिनौँदेखि यातायात व्यवस्था कार्यालय बागलुङ प्राविधिक विहिन

- सवारी साधनको विक्री ठप्प हुदाँ व्यापारमा क्षति

गत एक महिनादेखि यातायात व्यवस्था कार्यालय बागलुङ प्राविधिक विहीन बनेको छ । लामो समयसम्म कार्यालयमा प्राविधिक नहुदा सवारी साधनको विक्री थप्प भएको छ । प्राविधिक नहुदा नयाँ सवारी जाँच ,गाडी पास ,नाम सारी ,हेरफेर ,रूप लगाएतको काम रोकिएको हो । ‘प्राविधिक नहँुदा हाम्रो व्यापार पुरै अवरुद्घ भएको छ’ उनले भने, ‘यसबाट करौडौ लगानीमा क्षति पुगेको छ ।’ नयाँ सवारी साधानको विक्रीको काम रोकिदा करोडौ लगानीको व्यापारमा क्षति पुगेको भगवती ट्रेडर्सको प्रोपाइटर मनोज खड्काले बताए । स्कुटर ,मोटरसाईकल ,डोजर लगाएतको सामान विक्री गर्दै आएको खड्काको १ महिनादेखि व्यापार रोकिएको छ ।

प्राविधिक बद्री कार्कीले अनिवार्य अवकाश पाएपछि यातायात व्यवस्था कार्यालय बागलुङमा काम अवरुद्घ भएको हो । लामो समयदेखि प्राविधिक नभएपछि व्यापार धरापमा परेको र उल्टै जरिवाना तिर्नुपरेको शिवशक्ति अटोमोबाइलका सञ्चालक शिब शाहले बताए । ‘हाम्रो व्यापार पुरै धरापमा परेको छ ।

हामीले मोटरसाईकल विक्रीको सबै कागजात समयमै बुझाए पनि उल्टै जरिवाना तिर्नु पर्ने अवस्था आएको छ ।’ उनले भने । प्राविधिकको अभावले अटो व्यवसायी मात्र होइन सेवाग्राही समेत मर्कामा परेका छन । गलकोटबाट प्राविधिक काम लिएर कार्यालय पुगेका सेवाग्राही कृष्णबहादुर थापा शुक्रबार त्यत्तिकै फर्किनुप¥यो । यस विषयमा निमित्त कार्यालय प्रमुख देवबहादुर सारू भन्छन ‘प्राविधिक नहुदा धेरै काम रोकिएको छ । सेवाग्राही र सवारी साधानको विक्री गर्ने व्यवसायीहरू मर्कामा परेका छन ।’

कहिले आउछन प्राविधिक भन्ने प्रश्नमा सारू भन्छन, ‘हाम्रो कार्यालय प्रमुख राजेन्द्र प्रसाद धिमिरे त्यही कामको लागि यातायात व्यवस्था विभागमा प्राविधिकको छिटो व्यवस्थाको लागि जानू भएको यत्रो दिन भयो तर, कुनै परिणाम आएको छैन ।’ यातायात व्यवस्था विभागले समयमै प्राविधिक नपठाउदा समस्या उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung