
जापानबाट उत्पादन हुने विश्व प्रसिद्ध टोयोटा कार इलेक्ट्रिक भर्सनमा आउने भएको छ । सन् २०२५ देखि टोयोटा र लेक्ससको प्रत्येक मोडेलमा विद्युतीय वा विद्युतीय विकल्प समावेश हुने अध्यक्ष्य अकियो टोयोडाले बताए ।
टोयोटा कम्पनीले अन्तराष्ट्रिय मागलाई ध्यानमा राखेर अमेरिकी प्रविधि कम्पनी ऐमेजोन , राइड हेलिङ कम्पनी उबर र चिनिया डिडी कम्पनीसँग साझेदारी गर्ने घोषणा गरेको छ । सन् २०२० को सुरुका वर्षहरुमा हामीसँग विश्वव्यापी रुपमा १० भन्दा बढी ब्याट्रि विद्युतीय सवारी उपलब्ध हुनेछ । सन् २०२५ देखि टोयोटाले विद्युतीय कारको बजारमा आफ्नो पकड जमाउने लक्ष्य राखेको छ ।
हाल टोयोटाले ९० भन्दा बढी मुलुकमा ३७ ओटा विद्युतीय सवारीको मोडल प्रस्ताव गरेको छ । “हाम्रो उद्योगमा तीव्र गतिमा प्रविधिमा परिवर्तन भएको छ । हाम्रा प्रतिस्पर्धी गुगल, एप्पल र फेसबुक समेतले हामीसँग सृजनात्मक प्रतिस्पर्धा गरिरहेका छन् । संभावना अन्त्यहिन छ । हामी कारलाई अझै विकसित गर्न चाहन्छौ”टोयोटा कम्पनीका अध्यक्ष्य टोयोडाले बताए ।
टोयोटा र माइक्रोसर्फको संयुक्त लगानीमा सुरु भएको कम्पनी टोयोटा कनेक्टेडले विश्वभरिबाट कारका उपभोक्ताबाट तथाङक संकलन गर्ने र आगमि कारलाई उत्कृष्ट बनाउने लक्ष्य राखेको छ ।