२५ असार २०८२, बुधबार

 

यातायात व्यवस्था कार्यालयमा व्यवसायीको धर्ना

यातायात व्यवस्था कार्यालय धौलागिरीमा सेवाग्राहीको काममा ढिलाई भएको भन्दै व्यवसायी घेराउ गरेका छन । कार्यालयका प्राविधिक ईन्जिनियर गत एक महिना देखि नहुदा सवारी साधनको जाँचपास,नविकरण लगाएका काम हुन नसकेको भन्दै यहाका व्यवसायीले घेराउ गरेका हुन ।

धौलागिरी यातायात बस व्यवसायी समिति ,बागलुङ भगवती यातायात प्रालि लगाएतका यातायात क्षेत्रका व्यवसायी, मजदुर र संगठनहरुले मंगलबार कार्यालयमा पुगेर केही समय घेराउ गरेका थिए । यातायात व्यवस्था कार्यालय धौलागिरीमा प्राविधिक अभाव हुदै आएको छ ।

असार मसान्त सम्म नविकरण गरिसक्नुपर्ने काम समेत प्राविधिक नहुदा अगाडि बढ्न सकेको छैन । व्यवसायीहरुले केही दिन भित्र प्राविधिक ल्याउनुपर्ने र आफनो कामलाई निरन्तरता दिन निमित्त कार्यालय प्रमुख देबबहादुर थापालाई आग्रह गरेका छन । व्यवसायीहरुले कार्यालयको लापरवाहीका कारण समयमा नविकरण, जाँचपास लगाएत कार्य समयमा नहुदा थप समस्या भएको बताएका छन ।

कार्यालयमा प्राविधिक नहुदा काममा समस्या भएको र यस बिषयमा विभागमा छलफल भैसकेको निमित्त कार्यालय प्रमुख थापाले बताए। यसका लागि कार्यालय प्रमुख काठमाण्डौ नै पुगेको अहिले देखिएको समस्या समाधन हुने थापाले बताए ।

यातायात व्यवस्था कार्यालय धौलागिरीमा धौलागिरी यातायात बस व्यवसायी समितिका अध्यक्ष उमेश केसी, बागलुङ भगवती यातायात प्रालिका महासचिव मनोज खड्का सहितको नेतृत्वमा यातायात क्षेत्रका व्यवसायी, मजदुर र संगठनका अगुवाहरु मंगलबार कार्यालय घेराउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung