
बागलुङ नगरपालिका कार्यालय नगरबासी लाई असुबिधा भएको भन्दै सदरमुकाम बागलुङ बजारमा सार्नको लागि जनप्रतिनिधिहरूले माग गरेका छन् ।बागलुङ नगरपालिकाका प्रमुख र उप प्रमुख समक्ष बागलुङ नगरपालिकाका वडा अध्यक्षहरूले लिखित रूपमा मागपत्र पेश गरेर बागलुङ नगरपालिका वडा नम्बर ३ को रात्माटामा रहेको नगरपालिकाको कार्यालय सारेर जनतालाई सुबिधा दिन अनुरोध गरेको बागलुङ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष गुरूदत्त पाठकले बताए ।
जनताको प्रत्यक्ष सरोकार रहने नगरपालिका कार्यालय हाल जनतालाई अपायक पर्ने ठाउँमा भएको दैनिक रूपमा काम पर्ने कार्यालय सम्म जान आउन निकै कष्टकर भएको बिरामी जेष्ठ नागरिक बालबालिका अपांग लगायत सबैलाई सेवा लिन असहज भएको कारणले पनि हामीहरूले नगरपालिका कार्यालय सारेर सहज सेवा दिन माग गरेका हौ अध्यक्ष पाठकले बताए ।
बागलुङ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दुर्गा बहादुर सार्की वडा नम्बर ३ का लक्ष्मी बाँस्कोटा वडा नम्बर ५ का शिव प्रसाद सापकोटा वडा नम्बर ६ का खिमराज सापकोटा वडा नम्बर ८का जीत बहादुर क्षेत्री वडा नम्बर ९ का गणेश थापा वडा नम्बर १० का प्रेम थापा वडा नम्बर ११ का ज्ञानेन्द्र गौतम वडा नम्बर १२ का गुरूदत्त पाठक वडा नम्बर १३ का नारायण प्रसाद शर्मा र वडा नम्बर १४ का चक्रबहादुर केसीले संयुक्तरूपमा हस्ताक्षर गरेर नगर प्रमुख जनकराज पौडेल र उप प्रमुख सुरेन्द्र बहादुर खड्का लाई बुझाएको नगरपालिकाले जनाएको छ ।
वडा अध्यक्षहरूले नगरपालिकाको कार्यालय बागलुङ बजारमा सार्नको लागि ७ वटा बिकल्प समेत लिखित रूपमा दिएका छन् । जिल्ला समन्वय समितिको भवन अहिले खाली भएका सरकारी कार्यालयका भवन निसर्त अनुदानको बजेट खुशी साथ आफुहरूले पाउने पारिश्रमिक बाट समेत घर भाडामा लिएर भए पनि संचालन गर्न सकिने भन्ने तर्क समेत पेश गरेका छन् ।
बागलुङ नगरपालिका कार्यालय अहिले रात्माटामा हुदा धेरै नगरवासीले लिने सेवामा सकस भएको भन्दै सदरमुकाममा
सार्न पटकपटक माग गर्दै आए पनि अहिलेसम्म कार्यालय नसकेको कारण टाढाटाढा बाट सेवा लिन आउने नगरबासी ले सास्ती भोग्दै आएको बेला नगरपालिका कै जनप्रतिनिधिले समेत लिखित रूपमा नै कार्यालय सार्न माग गरेपछि भने अब सरोकारवाला निकाय गम्भीर बन्छ कि भन्ने आशा नगरबासीले गरिरहेका छन् ।